Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

राजनीतिमा कला देखिएन

१८ मंगलबार , चैत्र २०८१२ दिन अगाडि

राजनीतिमा कला देखिएन

भीड जम्मा गर्ने, पार्टीमा आफ्नोपक्ष मजबुत पार्ने र सत्तामा पुगेपछि मनलागी गर्ने कार्य राजनीति होइन । राजनीतिमा पनि कला चाहिन्छ । जनयुद्ध, जनआन्दोलन सफल भयो, परिवर्तन भयो, परिवर्तन थाम्ने कला नदेखिदा राज्यसञ्जाल र सडक सबैतिर असन्तोषमात्र छ ।
    जनअसन्तोष बढ्नु भनेको राजनीति कलाहीन हुनु हो ।
    ठिमीले दाई आफ्नो जीवनयापन गर्न माटोका भाँडा बनाउँदै छन् । उनी र उनको पुस्ता यस्तै गरेर माटोलाई जीवन बनाइरहेका छन् । जीवनलाई माटोमा सिर्जना गरिरहेका छन् । यो कला विश्व पर्यटनका लागि सबैभन्दा आकर्षक विधा पनि बनेको छ । विश्वमै कुनै मुलुकमा यसरी माटोमा हाते कला हेर्न पाइन्न । यो बिधा परम्परागत चमत्कारी कला पनि हो । राजनीतिले विधि सिक्नुपर्ने विषय पनि हो ।
 राजनीतिलाई जीवन बनाउनेहरूले आफ्नै जीवन सपारे, सम्पन्न बनाए । परिवर्तनको लाभ आफैले लिए, आफन्त र परिवारजनमा दिलाए । परिवर्तनका लागि जीवन होम्ने, जवानी त्याग गर्नेहरूले के पाए ? आजको यक्ष प्रश्न यही हो ।
 जवाफ नेतृत्वले खोज्नुपर्छ । जुनसुकै विषयमा पनि राजनीति गर्ने, राजनीतिलाई अपराधिकरणको विषालु घोल बनाउने र सत्ता, शक्ति तथा सम्पत्तिका लागि राजनीतिक कलालाई बिद्रुप बनाउनेहरूले बहुदलको ३५ वर्ष र लोकतन्त्रको १७ वर्षमा स्वार्थी लत त्यागेनन् । राजनीति जनता र देशको अस्तित्व चम्काउने, पुरूषार्थलाई स्थापित गर्ने कलाकारिता हुनुपथ्र्यो, ठिमीले दाजुको जति पनि राजनीतिक कलाकारिता देख्न, भोग्न र हेर्ने पाइएन भन्ने गुनासो लोकमा छ ।