Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पूर्वराजाको अर्ति मान्ने कि पाताल भासिने ?

१९ सोमबार , माघ २०७१११ बर्ष अगाडि

'नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको प212 लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि पनि दोहोर्‍याउन चाहान्छौं।' यो २०६१ साल माघ १९ को राजा ज्ञानेन्द्र सन्देश थियो। आज ज्ञानेन्द्र राजा छैनन्, नागरिकमात्र। नागरिकको हैसियतमा उनले आफ्नो जिम्मेवारी पूरा गरे कि गरेका छैनन्? नगरेका भए उनलाई भार लाग्छ कि लाग्दैन? जनताले खोजे म यहीँ छु भन्दैमा कर्तव्य पूरा हुन्छ? देश र जनता दिनदिनै मरिरहेको छ, बचाउने जिम्मेवारी बोकेका दलहरु निकृष्ठ भएपछि पूर्वराजाले पुर्षाको नासोप्रति जिम्मेवारी देखाउन पर्दैन?
१९९७ मा प्रजापरिषदको विद्रोह भयो र २००७ सालमा राणा शासन सकियो।  २०१७ सालमा कांग्रेसको ज्यादति विरुद्ध प    ञ्चायत जन्मियो। २०२७ सालमा झापा विद्रोह भयो, ०३७ सालमा जनमत संग्रह भयो। ०४६ सालमा त पञ्चायत ढलेर बहुदलीय पद्धति सुरु भएको हो। ०५२ फागुन १ देखि सुरु भएको जनयुद्धका कारण ०६२ सालमा जनआन्दोलन भयो ०६३ वैशाख ११ गते सफल नै भयो। ९ वर्ष भयो, लोकतन्त्र आएको, माखो मरेन। अवको नियति गृहयुद्ध देखिदैछ। आगो बलिसक्यो, सल्केर नेपालै खरानी हुनसक्छ। जनमतको कदर भएन, देशप्रति विवेक रहेन। राजनीतिक अन्याय र निरंकूशता बढ्दै गएको छ। आफ्नै वचनप्रति इमान्दारिता देखाउन नसक्नेले के शासन गर्लान्? राजनीतिक नेताहरुले पूर्वराजाको अर्ति मान्ने कि पाताल भासिने नियति भोग्ने हो?