
घरघरका बालबालिका हराउन थालेपछि समुदायले गुरूमापालाई हटाउने जुक्ति निकाल्छन् । वर्ष वर्ष दिनमा गुरूमापालाई मासुभात खुवाउने बाचा गरेर टुँडिखेलको एक कुनामा बस्न राजी गराउँछन् । फागुको दिन नेवार समुदायले टुँडिखेलको पूर्वी दक्षिण कुनामा गुरूमापालाई भोज खुवाउने चलन छ । त्यसपछि कसैका पनि बालबालिका हराउन छाडेका थिए भनिन्छ । (राजनीति गुरूमापा त होइन ?)