बजेट पारित भएपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएकै हो। यो खुलासा गरेका छन्– वर्षमान पुनले।
९ बुँदे सहमतिसँगै भद्र सहमति भएको छ, ओलीले बजेट पारित भएपछि प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुहुनेछ। यद्यपि सरकारका एमाले मन्त्री र एमाले पार्टीले त्यस्तो कुनै सहमति नभएको भनिरहेका छन् र स्वयं प्रधानमन्त्री ओली त चुनाव गराएर मात्र विदा लिन्छु भनिरहेका छन्।
भद्र सहमति के के भएका छन्? आमनागरिकमा समेत यस्तो जिज्ञासा बढेर गएको छ। सरकारले ल्याएको नीति कार्यक्रममाएमाओवादीले नसोधेको भनेर असन्तुष्टि व्यक्त गर्यो। मंसिरमा चुनाव हुनैसक्दैन, सरकारले जनअपेक्षाको काम गरेन भनेर माओवादी भनिरहेको छ। तैपनि सरकारलाई समर्थन किन गरियो? यो प्रश्नको उत्तर जनता खोजिरहेका छन्।
माओवादीको आगामी रणनीति भनेको टुक्रिएका माओवादीसँग एकता र ओलीलाई विदा गरेपछि राष्ट्रिय सरकारको निर्माण गर्नु। त्यसपछि मेलमिलाप आयोगमार्फत नै जनयुद्धकालीन सबे मुद्धाहरुको छिनोफानो गरेर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनु। तर कांग्रेस र प्रचण्डवीच विश्वासको संकट उत्पन्न भइसकेको छ, मधेसी मोर्चा लगायतक २९ दल आन्दोलनमा छन्। ओली र प्रचण्डप्रति आक्रोस बढेको छ। प्रचण्ड प्रधानमन्त्री त बन्लान् तर राष्ट्रिय सहमति हुनसक्ने स्थिति देखिदैन। वर्षमान पुन भन्छन्– ओलीलाई एमाओवादीले बनाएको हो, एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ। ढुक्क हुनोस् ।


