Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

रवि लामिछाने सक्रिय राजनीतिक भूमिकामा फर्कदै

१७ सोमबार , चैत्र २०८१३ दिन अगाडि

रवि लामिछाने सक्रिय राजनीतिक भूमिकामा फर्कदै

केहि समय अघि गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि पार्टी नेतृत्वबाट अलग रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः सक्रिय राजनीतिकमा फर्कने भएका छन् । लामिछाने पाँच महिनापछि पुनः सक्रिय राजनीतिक भूमिकामा फर्कन लागेका हुन् ।

सभापति लामिछाने पाँच महिनापछि आज सोमबारदेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि लामिछाने गत कात्तिक २ गते पक्राउ परेपछि पार्टी नेतृत्वबाट अलग रहेका थिए । लामिछानेकाे अनुपस्थितिमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कार्यवाहक सभापतिको भूमिकामा रहेका थिए ।

लामिछाने अदालतको फैसलापछि धरौटीमा रिहा भएपनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ । आज दिउँसाे ३ बजे पार्टीको केन्द्रीय समिति बैठक पार्टी मुख्यालयमा बोलाइएको छ भने लामिछाने औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने बताइएकाे छ ।