Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सविन महर्जनको हत्या पूर्णतः अमानवीय

१६ आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

सविन महर्जनको हत्या पूर्णतः अमानवीय

माया को पहिचान नेपाल

हिजो मिति २०८१र१२र१५, काठमाडौं तिनकुने क्षेत्रमा भएको हिंसात्मक घटना, आगजनी, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, लुटपाट, पत्रकार तथा सर्वसाधारणमाथिको आक्रमण गम्भीर अपराध हो। पत्रकार सुरेश रजक र सर्वसाधारण नागरिक सविन महर्जनको बर्बर हत्या लोकतन्त्र र कानुनी शासनमाथि अक्षम्य प्रहार हो।

यस घटनामा मात्र अपराधी समूहहरू जिम्मेवार छैनन्, राज्य र सुरक्षाकर्मीको लापरवाहीले पनि यस्तो स्थिति सिर्जना गरेको छ। प्रहरी प्रशासनले संयम गुमाउँदै प्रदर्शनकारीमाथि अनावश्यक अश्रु ग्यास प्रहार गरेको, र घाँटीमा गोली हानेर नागरिक सविन महर्जनको हत्या पूर्णतः अमानवीय र अस्वीकार्य छ।

मायाको पहिचान नेपाल यस घटनाको गहिरो छानबिन गर्न, अपराधीहरू सबैलाई कानूनको कठघरामा ल्याउन, पीडितलाई न्याय दिलाउन, र दण्डहीनताको अन्त्य गर्न सरकारसँग कडा माग गर्दछ।

माया को पहिचान नेपाल सबै नागरिकलाई संयम अपनाउन, लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न, र कानुनी शासन बलियो बनाउन अपिल गर्दछ।

माया को पहिचान नेपाल