Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्रवादी आन्दोलन

१४ शुक्रबार , चैत्र २०८१६ दिन अगाडि

राजतन्त्रवादी आन्दोलन

राजतन्त्रवादी आन्दोलनको ‘कमान्डर’ दुर्गा प्रसाई
दुर्गा प्रसाई ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को कमाण्डर बनेका छन् । एकजना दुर्गा प्रसाईको जनआन्दोलनको प्रतिकार गर्न वामपन्थीको सिङ्गो समाजवादी मोर्चा, सत्ताधारी नेकपा एमालेले न्वारानमा खाएको घ्यूको बल निकाल्ने भएको छ ।
अर्थात राजतन्त्रवादी र गणतन्त्र–संघीयतावादीको द्वन्द्व अर्थात नागरिक र ठूलादल आमने सामने देखिएका छन् । कतै यो सडक संघर्षले हिंसा ननिम्त्याओस् ?
राजतन्त्र र हिन्दुवादी आन्दोलनमा राप्रपा अथवा अरुले नसक्ने देखेपछि स्वतन्त्र व्यक्ति को छ भनेर खोजीगर्दा ८६ वर्षका नवराज सुवेदी देखिए र उनकै नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरियो । सुरुमा केही हुन्छ हुन्न भन्ने विवाद देखिए पनि अन्ततः सबै एक भएका छन् । कमाण्डर दुर्गा प्रसाई बनेका छन् ।
आर पारको युद्धजस्तो बनेको छ नेपाली राजनीति । राजाले सहमति र सहकार्यको पटक पटकको आह्वानलाई लत्याएका ठूला दलहरुले बेवास्ता गरेपछि अब २०६३ साल वैशाख ११ गतेको राजनीतिक दलहरु र राजावीचको सहमति पनि मुद्दा बनेको छ । दलहरुले आफूले गरेको वचन उल्लंघन गरेको आरोप लागेको छ । त्यसमाथि २०६३ सालदेखि ठूला दलहरुले गरेको भ्रष्टाचार र चरित्रहीन राजनीतिकै कारण आमनागरिक  राजालाई पुनस्र्थापना गराउन अघि सरेका छन् ।
विश्लेषकहरु भन्छन्– हिन्दुअधिराज्यको बिकल्प छैन । दलहरुले राजतन्त्रात्मक प्रजातन्त्रमा सहमति जनाए देशले अभिभावक पाउनेछ, युवाहरुले देशलाई हाँक्नेछन् ।