Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुरुमा बोल्ड देखिएका गर्भनर वल्ड

०३ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

सुरुमा निकै बौल्ड देखिएका गभर्नर चिरञ्जीवी नेपाल अव वल्ड हुनथालेका छन्। २०७४ भित्र १० अर्व पुँजी पुर्‍याउनु पर्ने कडा निर्देशन जारी गरेर वैंकहरुलाई मर्जमा जानै पर्ने बाध्यता सिर्जना गरेका गभर्नरले वैंकहरुको नियमन गराउन नसकेको आरोप लागेको छ।
वैंकहरुले जे जति रिपोर्ट राष्ट्र बैंकमा नियमित बुझाउने गरेका छन्, ती सबै फर्जी हुनेगरेका र नियमन गर्ने डेपुटी गभर्नर र उनको टोली बैंकहरुबाट व्यक्तिगत शुभलाभ लिन थालेको आरोप बैंकभित्रै सुन्न थालिएको छ। यसबाहेक बैंकरहरु भ्रष्टाचार गरेर भागेको लामो फेहरिस्त भए पनि अरु पनि भाग्ने तैयारीमा रहेको खबर छ। पिपुल्स फाइनान्सका छविलाल भुसाल, धिष्टका कमल ज्ञवाली, बुटवल फाइनान्सका मधुसुदन सिलवाल, मञ्जुश्री फाइनान्सका नवराज थापा, कृषि विकास वैंकका कृष्णहरि थापा, क्यापिटल मर्चेन्टका पवनकुमार, हिमालयन फाइनान्सका सिसम मल्ल सबै फरार छन्। यिनीहरु भारत, पाकिस्तान, अमेरिकादेखि अष्ट्रेलियासम्म लुकेर बसेका छन्। गोर्खा विकास बैंकका केही पक्राउ परे पनि अरु फरार नै छन् र फरार हुने क्रममा पनि रहेका छन्। तर, बैंकहरुको बैंक राष्ट्र बैंक न फरारलाई पक्राउ गर्नतिर क्रियाशील देखिन्छ, न फरार हुने क्रममा रहेकालाई नियमन गर्न। बैंकहरुभित्र भयानक भ्रष्टाचार, अनियमितता भइरहेका छन् र राष्ट्र बैंकको नियमलाई समेत उल्लंघन गरिरहेका छन्। यो देखेर विज्ञहरु भन्छन्– बोल्ड गभर्नर वल्ड हुनथालेजस्तो छ।
बैंकमा यति धेरै पैसा थुप्रिएका छन् कि लगानी गर्ने क्षेत्र बिस्तार हुनसकेको छैन। यस्तो तरलतालाई खिच्न राष्ट्र बैंक बाध्यात्मक स्थितिमा पुगिसकेको छ। गभर्नर भनिरहेका छन्– ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँचमा जाउ। तर यो निर्देशनलाई बैंकहरुले अवमान्ना गरिरहेका छन्। गभर्नर लगानी गर भन्छन्– बैंकहरु लगानी गर्न  सकिरहेका छैनन्। गभर्नरले भनेका छन्– वित्तीय संस्था सुधारका नयाँ नीति बनायरहेका छौं। तर गभर्नरको अहिलेसम्मको नीतिले रोजगारी बृद्धि र आर्थिक उन्नतिमा कुनै असर देखिएको छैन।