Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कुलमान बर्खास्तिको बिरोधमा विपक्षी दलद्वारा संसद अवरोध

१२ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

कुलमान बर्खास्तिको बिरोधमा विपक्षी दलद्वारा संसद अवरोध

हालै सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रमुखबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर विपक्षी दलहरूले सांसद अवरोध गरेका छन् । कुशल प्रशासकका रुपमा रहेका प्राधिकरणका प्रमुखलाई पुरस्कृत गर्नुका सट्टा दण्डित गरिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउदै सांसद अवरोध गरेका हुन् ।

आजको प्रतिनिधिसभा बैठकको सुरुमै सबै दलहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए । उक्त समयमा बोल्दै सांसद बस्नेतले प्राधिकरण बिचौलियाको हातमा सुम्पेको र आफैंलाई चार महिना पनि टिक्न सकिने विश्वास गुमाएकाले हतारमा कुलमानलाई निकालेको टिप्पणी गरेका थिए ।  

सांसद बस्नेतले भने, ‘राज्यका महत्वपूर्ण अंग र निकायलाई नियन्त्रणमा लिन सरकार उद्धत छ । स्वार्थ समूहको वैशाखी टेकेर बनेको सरकार बिचौलियाकै निम्ति आफूलाई समर्पित गर्ने नियती बनेको र सरकारले दुईतिहाइको सामर्थ्य राष्ट्रसेवक कुलमान घिसिङको मानमर्दनमा प्रदर्शन गरेको छ।’

सोहो क्रममा सांसद बस्नेतले यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेका थिए भने प्रधानमन्त्रीको जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा समेत गरेका छन् ।