मदन भण्डारी र जीवराज आश्रित चढेको जीप २०५० साल जेठ ३ गते चितवनको दासढुंगाबाट खसेर नारायणीमा बिलिन भयो। त्यसपछिका दिनमा मनमोहन अधिकारीदेखि माधव नेपाल झलनाथ खनाल र अहिले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका छन्। स्वयं मदन भण्डारी पत्नी विद्या भण्डारी राष्ट्राध्यक्षको बनेको अवस्था छ। अहिलेजस्ता समय एमालेको जीवनमा फेरि नआउन सक्छ। यही बेला हो, मदन भण्डारी र जीवराज आश्रितको हत्याको अनुसन्धान गराउने र दोषीमाथि कडा कारवाही गर्ने। राष्ट्राध्यक्ष बनेकी विद्या भण्डारीले आफ्ना पतिको हत्याको छानबिन गराउलिन्?


