Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

देउवा र शेखर - को वीपीबादी ?

११ मंगलबार , चैत्र २०८१७ दिन अगाडि

देउवा र शेखर - को वीपीबादी ?

वीपीका अनुयायी शेरबहादुर देउवा, वीपीका सिद्धान्तमा उभिउका शेखर कोइराला । को सही, को गलत ? परीक्षा सुरु भएको छ ।
२००३ को बीेपी कोइरालाको ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ र २००५ सालको  सुवर्णशमशेरको ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ मिलेर २००६ सालमा एकीकरण गरीे बनेको ‘नेपाली काङ्ग्रेस’ दोबाटोमा उभिएको छ ।
२०३३ साल पुस १६ मा मेलमिलाप नीति बोकेर नेपाल फर्किएका वीपीले भनेका थिए– दृष्टिकोणमा स्पष्टता हुनुपर्दछ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा मेरा दृष्टिकोण र अडानका निरन्तरता छन् । नेपाली काङ्ग्रेसको इतिहास ती आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मुलुकको उज्ज्वल भविष्यका लागि ती कुराहरूको निरन्तरता रहनुपर्छ । समाजवाद कार्यान्वयन गर्न सकिन्छ ।
देउवा कति वीपीवादी, शेखर कति वीपीका सिद्धान्तमा उभिएका ? शेखर भन्छन्– सरकार कुशासनको दुश्चक्रमा परेको छ । यस्तो बेला सरकारले अर्को दुस्कर्म माथि दुस्कर्म गर्दै गएको छ ।
नेपाली राजनीतिमा राजतन्त्र, हिन्दुवाद र गणतन्त्र, संघीयता आमनेसामने भएका छन् । यो तीब्र द्वन्द्वमा देउवा र शेखर वीपीवाद र वीपीका सिद्धान्तमा कुन नेता पहाड भएर उभिन्छन् ? समाजवादी, नागरिक र विश्लेषकहरु चीलका आँखाले नियालीरहेका देखिन्छन् ।