
गणतन्त्र र संघीयतालाई कमाउने साधन बनाएकाहरू पुरानालाई प्रतिगामी भन्छन्, आम नागरिकले पुराना भन्दा नयाँ प्रतिगामीलाई खतरा देख्छन् ।
मानौँ वा नमानौँ देशको अबस्था अहिले झन गम्भिर हुदैगएको देखिन्छ । देशमा प्रतिगमन हुने सङ्केत पहिलेको तुलनमा अहिले दोब्बर भएको छ । काँही पनि अहिले गणतन्त्रको पक्षमा आवाज उठेको देखिदैन । बरू अत्याधिक मात्रामा राजतन्त्रको वÞकालत भएको देखिन्छ । यसो हुनुको पछाडि राजतन्त्र सही भएर होइन बरू गणतन्त्रका नाइकेहरू चरित्रहीन, भ्रष्ट भएर हो ।
गणतन्त्रमा खिचलो भयो, भ्रष्टाचार भयो, विदेशीको हस्तक्षेप बढी भयो र महंगी र युवाहरू देशबाट पलायन हुंदैगए । देशभित्र बहुदलिय व्यबस्था आएपनि जनचाहाना अनुरूपका काम हुन सकेनन्, उद्योगधन्दा भएकापनि बन्द भए । अर्थव्यबस्था चौपट भयो । शिक्षा, सुरक्षा, रोजगार र विकासमा सरकारहरू असफल भए ।त्यसैको आक्रोशमा जनताले गणतन्त्रको बिरूद्धमा आवाज उठाउँन थालेकाछन् । जनाकांक्ष पुरा नहुनु नै गणतन्त्रको बिरूद्धमा जनाक्रोशको आधार तैयार हुन हो ।
हामीले भन्छौँ बिचारमा सबै स्वतन्त्रता हुनुपर्छ ? तर हामीले कहिल्यै पनि भनेका छैनौँ राजावादीहरूलाई राजनैतिक गतिबिदी गर्न छुट छैन । त्यसो भए उनिहरूले पनि आ आफ्नो बिचार राख्ने नै भए । यद्यपि निरंकूश राजतन्त्रलाई पल्टाउँन र गणतन्त्र बहाल गर्न जनताले ठूलो शंघर्ष गरेकै हौँ । तर गणतान्त्रिक शक्तीलाई स्वायम उनै गणतन्त्रका ठेकेदारहरूबाट नै खतरामा गएको आभास हुन्छ ।
२०४६ साल भन्दा पहिले राजतन्त्रको बिरूद्धमा भित्रभित्रै भुसमा लागेको आगोजस्तो अबस्था थियो । अहिले राजतन्त्रको पक्षमा त्यस्तै प्रकारको अबस्था सिर्जना भएको देखिन्छ । आज गणतन्त्रको उपहास हुन्छ । दलहरू बिच आपसमा एकआर्का प्रतीको डाहा कुर्ची खिचलो सत्ताको वार्गेनिङ्ग आदिले गणतन्त्र धरापमा परेको पाइन्छ । सङ्घीयताको परिणमा देशभित्र खर्च ह्वात्तै बढ्यो र देशमा कुनै कलकारखानाको निर्माण भएन । सरकार जोगाउन दलहरूले विदेशसँग श्रम सम्झौता गरेर युवाहरूलाई विदेशमा पठाउंन थाले । ऋणभार बढ्यो ।
चोरबाटोबाट अमेरिका गएका युवाहरू असि नब्बे हजार खर्च गरेर त्यहाँको जेलभित्र बस्नुपर्छ । अहिले केही युवाहरू हत्थकढी र बेढी सहित देशभित्र फर्काइएका छन् । देशमा जीवन यापनको साधन न्यूनिकरण गरिएको छ । देशभित्र प्रकृतिक श्रोत साधनको कमि कत्तिपनि छैन । भएका स्रोतको व्यवस्थापन गर्ने नियत नेताहरूमा नहुँदा देशमा जनाक्रोश बढेको हो ।
पञ्यायती कालमा कम्तिमा पनि गाउँमा खेत बारी बाँजो त रहँदैनथे, सबैले खेती किसानी गरेर, गाई बाख्रा, भैंसी पालेर भएपनि गुजारा गरेका थिए । तर अहिले गाउमा जमिन बाँजो छ युवा विदेशजान राजधानिमा लाइनबद्ध छन् । यस्तो भिषण परिस्थितीमा महिलाँ र बुजुर्गहरूले के गर्ने ? त्यही फाइदा राजावादीहरूले उठाएका छन् । अहिले पूर्व पञ्चहरू र राजबादीहरूको उक्साहटमा मर्नुभन्दा बौलाउन ठिक भनेको जस्तै केही दुखि जनताहरूले पनि राजा आउ देश बचाउ भन्नथालेको स्वर सुनिन्छ । त्यो मात्र होइन प्रतिगामिहरूले काठमाण्डौ बुटवल जस्ता सहरहरूमा राजतन्त्र फर्काउन ठुला–ठुला रेलीको आयोजना गर्दैछन् ।
राजनैतिक पार्टीहरूको अदुरदर्शियता ,सत्ता मोह वा पैसाको लोभ, पद लोलुप्ताले पनि गणतन्त्रको बिरूद्धमा आवाज उठेको हो ।जसले हिंजोको दिनमा राजालाई कटर दुश्मन सम्झिन्थे अहिले उनैले गणतन्त्र भन्दा राजतन्त्र नै यो देशको लागि ठिक छ भनेर भन्न थालेकाछन् । राजतन्त्रको पक्षलाई जनता बाध्यताले लिएका छन् । के साँचै राजतन्त्र देशमा फर्किएला त ? वा राजतन्त्रको भबिष्य कस्तो होला ?
राजतन्त्र फर्काउन त्यती सजिलो कुरा पनि छैन, यदि राजतन्त्र फर्कियो भनेपनि । राजतन्त्र अहिलेको अबस्थामा फर्किन्न । यदि फर्किहाले पनि यसको दिशा स्पष्ट भइसकेको छैन । कस्तो राजतन्त्र ?
देश संकटमा छ । राजतन्त्र खराव भनेर बहुदल आयो, बहुदल खराव भनेर लोकतन्त्र आयो, अब राजतन्त्र पुनस्र्थापना भयो भने कसरी देश अगाडि बढ्छ ? जनताहरूको कत्लेआम हुने र विदेशीले देशलाई गुलाम बनाउने अवस्था सिर्जना हुनसक्छ भन्ने भय पनि छ । किनकि देशमा विदेशी चलखेल बढेको छ ।
हामीले कयौं देशहरूमा राजतन्त्र उदाएको र पतन भएको त्यसपछि फेरी बहाल भएको पनि देखेकाछौँ यद्यपि त्यो थोरै समयको लागि आउने र हराउँने भएको देखिन्छ । कतै स्थायी रूपमा स्थापित भएका पनि छन् । जनता सर्व शक्तिमान हुन्छन् । जनताले आफ्नो बिचार व्यक्त गर्ने अधिकार हुन्छ । उनिहरू नै यो देशका मालिक हुन् । हामीले बुझ्नैपर्ने कुरा के हो भने नेपाली जनताले राजतन्त्र चाखेका छन्, निरङ्कूश राणातन्त्र पनि चाखेका छन् । करीब १०४वर्ष राणाहरूको जहानिया निरंकुश व्यवस्था र राजाहरूको ३२ वर्षको साशन व्यवस्था झेलेका नेपाली जनताले त्योभन्दा महँगो र भययुक्त बहुदल र लोकतन्त्र पनि बेहारेकै हुन् । अब के ? प्रश्न छ ।
हिंजो यही राजतन्त्र ढाल्न १७ हजार भन्दा बढी देशभक्त गणतान्त्रिक शक्तिको सहदात भएर मात्र गणतन्त्र आएको हो, भन्नेबारे सबैलाई जानकारी छ । गणतन्त्र आएर के भयो ? किन गणतन्त्र जनजीवन बन्न सकेन ? यो गम्भीर विषय हो ।
जनताको घर घरमा रूवाबासी, दोहोरो भिंडन्तमा निर्दोषहरू कत्लेआम, राष्ट्रको सम्पत्ती तोडफोड त्यस्तो दर्दनाक गृहयुद्ध पछि आएको जनताको अधिकार मासिनु हुन्न, जनता निर्णायक हुनुपर्छ ।
यत्ती हो गणतान्त्रिक शक्ती अदुरदर्शियता र सत्ता स्वार्थमा बल्झिएर देशको हित बिपरित कार्यगर्दै आएकोले र विदेशीको इसारामा कथित धर्म परिवर्तन् गर्दै आएकोले कयौँ व्यक्तिहरू वा हिन्दुवादीहरूले हिन्दु धर्मलाई देशभित्र ल्याउनुपर्छ भन्ने हिन्दु धर्मावलम्बिहरूको सक्रियता बढ्दै गएको देखिन्छ ।
देशमा राष्ट्रिय र राजनीतिक मुद्दाहरू छन्, त्यसको निदान खोज्नैपर्छ ।
आज धर्मनिरपक्षताले सबै खाले धर्मको सम्मान गरेको बिषयलाई पचाउन नसक्नुमा उनिहरूको कम्जोर पक्ष हो । कतै कतै हेपिएका पनि होलान् । देशमा सबै धर्मको सम्मान् हुनैपर्छ । छिमेकी मूलुको इसारामा देशभित्र लगातार गणतन्त्र माथि प्रहार हुंदै आएको छ । यसको कारण वर्तमान नेतृत्व नै हो । बिचारमा स्वतन्त्र सबै छौं । आ आफ्ना अनुभवहरू बिचारमा व्यक्त गर्न सबैलाई पाइन्छ । पूर्व राजालाई पनि आफ्नो मत राख्ने अधिकार छ । उनि पनि यही देशका नागरिक हुन तर राजाको हैसियतले होइन बरू एउटा साधारण नागरिकको हैसियतले आफ्नो बिचार जनताको माझमा राख्न कसैले पनि रोकेको छैन । जनताले सम्मान दिन्छन भने त्यो लोकतन्त्र नै हो ।
संविधानमा कमी कमजोरी छ, सबैले मानेका छन्, सुधार हुनैपर्छ ।
अहिले वैधानिक राजतन्त्रका कुरा पूर्व राजा आफैले उठाएका छन् । यो अवसर देशका कथित ठुला दलहरूले नै जुटाइ दिएका छन् । उनिहरूकै कार्यप्रणालिबाट रूष्ट भएका जनताहरूको साथ सहयोग मिल्नुलाई पनि गम्भिर रूपमा मनन् गर्नैपर्छ । जनतालाई उपेक्षा गर्न मिल्दै मिल्दैन । कारण पत्ता लगाउनुपर्छ ।
विदेशीहरू छिमेकी राष्ट भारत र विश्व हीन्दुपरिषदको उक्साहटमा सर्वसाधारण जनताहरूले हिन्दु राष्ट्रको माग बुझेर, नबुझेर गरेका हुनसक्छन् । सबै धर्मको सम्मान् गर्नु आजको सही राजनैतिक हो । राजाको रेलीमा यूपीका मुख्यमन्त्री आदित्यनाथ योगिको फोटोको प्रयोग गलत हो । यसले भारतको बिजेपी समेत राजतन्त्रको पक्षमा आएको प्रष्ट देखिन्छ । पक्ष विपक्ष नेपाली जनताले निर्णय गर्ने हो । भारत किन आयो ?
सङ्घीयता पनि विदेशीहरूकै उक्साहटमा चोर ढोकाबाट भित्राईएको हो । जसले देशलाई कङ्गाल बनाउन थालेको छ । आर्थिक भोगौलिक रूपबाट पनि देशको लागि अहितको बिषय हो ।
गणतन्त्रका हिमाइतीहरूले गलत काम गरे देशको हितमा काम गर्न सकेनन् तर यसको अर्थ पद्धति नै खराव भन्नु पनि गलत नै हो । व्यवस्था होइन, नेतृत्व खराव र असफल भएको हो । राजतन्त्र आएर देशमा शान्ति हुन्छ त ? बरू गणतन्त्रलाई बलियो गराउँदै गणतन्त्रमा भएका कमिकम्जोरीहरूलाई सच्याउँदै जानुपर्छ । सच्चिन सक्दैन भने जनताले निर्णय दिनुपर्छ, हस्तक्षेप गर्नुपर्छ । अखण्ड राष्ट्र बलियो बनाउन सबै पर्देशहरू खारेज गरेर त्यो खर्चबाट कल कारखानाहरू खोलेर रोजगार सिर्जना गर्नुपर्छ ।