Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सोनाक्षीको कुलकुल, मलाइकाको सेक्सी

२७ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

 जेठ १ गते, टुडिखेलमै सोनाक्षीको कुलकुल, मलाइकाको सेक्सी डान्स हेर्न पाइने भएको छ। खासगरी युवाबर्गले बलिउड र कलिउडका एकसेएक महिला कलाकारहरुको सेक्सी सेक्सी पोज हेरेर मनोरञ्जन लिनसक्नेछन्।

बलिउड अभिनेत्री सोनाक्षीसँगै नेपाली फिल्मी हिरोइनहरुले पनि जोडदार प्रस्तुती देखाउने छन्। अमर पन्छी: राइजिङ फ्रम द एसेज कार्यक्रम यही हो। यो कार्यक्रममा सोनाक्षी, मलाइका र ७ नेपाली हिरोइनहरुले देखाउने प्रस्तुतीको यतिबेला ठूलै चर्चा चलिरहेको छ। नेपाली फिल्मी कलाकारहरु रेखा थापा, प्रियंका कार्की, सुषमा कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा र गायिकका इन्दिरा जोशीको प्रस्तुतीले टुडिखेलमा हंगामा क्रियट गर्ने अनुमान लगाइएको छ। तर दर्शकहरु सोनाक्षीको रुमानी र मलाइकाको जवानीको अदामा फिदा हुन झुम्मिनेवाला छन्।

 वैशाख ३१ गते सोनाक्षी र मलाइका काठमाडाैं उत्रिने कार्यक्रम छ। यसको अर्थ अघिल्लैदिनदेखि काठमाडौंमा जवानी, दिवानी उम्लिने र पोखिनेवाला छ।अझ यी दुई जवानीसँगै दर्जनौं मुम्वईका कलाकारहरु पनि आउने भनेपछि फिल्मी दिवानाहरु अहिले नै लठ्ठ पर्न थालिसकेका छन्। यो कार्यक्रम सैनिक श्रीमती संघको आयोजना र अल्पेन ग्लो इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको हो। यस कार्यक्रम हेर्न चाहनेले ५ सयदेखि ७ हजारसम्मका टिकट खरिद गर्नुपर्नेछ। आयोजकका अनुसार यस कार्यक्रमबाट जे जति आम्दानी हुनेछ, त्यो भूकम्पपीडितहरुका लागि खर्च गरिनेछ, सदुपयोग हुनेछ।  सैनिक श्रीमती संघलाई कसले सुझाव दियो होला टुडिखेलमा सेक्सी सेक्सी कुल कुल उफारेर पैसा संकलन गर्ने र भूकम्पपीडितलाई सहायता गर्ने।