Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

संविधानसभा छाड्न सक्छौं

१९ सोमबार , माघ २०७१११ बर्ष अगाडि

माघ १९। चौथो शक्ति राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका बारेमा प्रश्न उठाउन नपाइने भयो भने संविधानसभा छाड्नसक्ने धम्की दिएको छ। सत्तापक्षको प्रश्न उठाउन नपाइने भनेपछि संविधानसभा प्रस्ताव निर्माण समिति राप्रपा नेपालले बहिष्कार गरेर सडक आन्दोलनमा जाने घोषणा गरेको छ। थापाले भने– भए भरको क्षमता लगाएर सत्ताधारीको स्वेच्छाचारी निर्णयविरुद्ध आवाज उठाइने छ। हामी पराजीत हुन तैयार छौं भन्दा पनि सत्तापक्षले दिएनन्। निर्णय सच्चियोस्, अन्यथा संविधानसभा छाड्न सकिन्छ। एमाओवादी र मधेशी मोर्चासँग अव सडकमा भेट हुनेछ, सहकार्य पनि हुनसक्छ ।