खुलामञ्चमा यो युवा जमात आमरण अनसनमा छ। हेलो सरकार चलाएर निकै फूर्तिफार्ती गर्ने प्रधानमन्त्री केपी ओली त्यहीबाटो दिनको ३ पटक ओहरदोहर गर्छन् तर खुलामञ्चमा एकैछिन रोकिएर किन अनसन बसेको भनेर सोध्दैनन्। यो कतिसम्म निर्लज्ज सरकार हो, जो आफूलाई लोकतान्त्रिक भन्छ तर लोकमत र लोकआवाजको कदर गर्न जान्दैन। युवा जमात विदेशीनु पर्ने, युवा जमात आमरण अनसनमा बस्नुपर्ने, देशमा जे भइरहेको छ, सबै कालाम्मेमात्र हुने, सुशासन नहुने स्थितिले लोकतन्त्रलाई खोक्रो सावित गरिरहेको छ। किन बुझ्दैनन् प्रधानमन्त्री ओली? एमाओवादीको समर्थन कायम राख्न सफल भएर सत्ता टिकाउन त सफल भए ओली, जनताको मनबाट खस्कदै गएको जनविश्वासको पहरोलाई कसरी रोक्नसक्छन् उनले। ओलीजी, आमरण अनसनमा बसेका यी युवाजमातको मृत्य भयो भने यसको दोष सरकारले लिनुपर्छ, प्रधानमन्त्रीले बेहोर्नुपर्छ।
खुलामञ्चमा १२ जना अनशनकारी युवयुवतीहरुको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ। सरकारक मौन बसेकोमा आश्चार्य अधिकारकर्मीले समेत आश्चर्य मानिरहेका छन्। यी अनसनकारी युवाहरुसँग भेट गर्न दिनहुँ थुप्रै व्यक्तिहरु गइरहेका छन्। गएका छैनन् त ओली सरकारका कुनै प्रतिनिधि।
अवेर नहोस्, यी युवाको ज्यान जोखिममा नपरोस्। यिनले न्याय मागेका छन्, रोजगारी मागेका छन्। गरिखान पाउनुपर्छ भनेर माग गर्नु नागरिक हक हो। नागरिक हकको रक्षा नगर्ने हो भने ओलीजी, राजीनामा दिनु बेश।


