Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

Image

सेनाले होइन, जनताले गर्ने हो

शाश्वत शर्मा

२० मंगलबार , फाल्गुण २०८१एक महिना अगाडि

सेनाले होइन, जनताले गर्ने हो

मिलेर राष्ट्र बचाऔं, पूर्वराजाको प्रजातन्त्र दिवसको सन्देशको निथार यही हो । पूर्वराजा अहिले पश्चिमाञ्चलका पीठहरूमा पूजाआजा, आएका नागरिकसँग भेटघाटमा छन् । केही दिनमै पूर्वराजालाई पोखरामा नागरिक अभिनन्दन गरिने प्रचार पनि भइरहेको छ । राजाले जनताको साथ खोजिरहेका छन्, मुलुकप्रति साँच्चिकै चिन्तित जनता सामाजिक सञ्जालहरूमा वर्तमान शासन प्रणाली र भ्रष्ट शासकप्रति तीतो पोख्दै आ आफ्ना दायित्व पूरा गरिरहेका छन् भने बाँकी कूलमान, बालेन, उर्जामन्त्री तिर पनि आकर्षित छन् । पार्टीका विवेकहीनहरूले राजाको देश बचाउने सन्देश सुन्ने कुरै भएन । लाग्थ्यो, पूर्वराजाको सन्देश आउनासाथ बिरोधको आँधी आउनेछ, राजनीतिमा डढेलो सल्कनेछ । तर केही सुरसार पनि देखिएन । शायद यस्तै बुझेर होला, भ्रष्टहरूले खासै चासो नदिएको ।
पूर्वराजाको सन्देश उत्तेजित पार्ने थिएन । मिलेर अघि बढौं, संकटमा फसेको राष्ट्रलाई बचाऔं भन्ने नै थियो । गणतन्त्रका भ्रष्ट र बिरोधी नागरिकबीच आमनेसामने हुने लख काटिए पनि केही हुनसकेन । राजाको सन्देश आएपछि एकथरि द्वीपप्रज्वलनतिर लागे, अर्काथरि मोटरसाइकल ¥याली निकाल्न थाले । राप्रपा बुटवलतिर आमसभा गर्दै चैतदेखि बिद्रोह गर्ने अर्को मिति सुनाउनतिर लाग्यो । ससाना ¥याली निस्किए, सत्ताधारीको बिकृत मानसिकताको बिरोध भयो, सत्ताधारीले हाँसोमा उडाइदिए । मतलव, कतै पनि सत्ताधारी र जनतावीच झडप भएन । झडप हुने खालको ¥याली, जुलुस, नारावाजी केही पनि हुनसकेन । सन्देश आयो, तातेजस्तो भयो, सेलायो । फेरिपनि भनौं, जबसम्म सडकमा टायर बालिदैन, राजमार्ग, सडक बन्द गरिदैन, जबसम्म स्कूल कलेज, विश्वविद्यालय बन्द हुँदैनन्, तवसम्म परिणाम निस्कदैन ।
भर्खरको कुरा गर्दा पनि दुर्गा प्रसाईको नेपालभरिको दौडाहको परिणाम शून्य नै छ । यसबाट पनि शिद्ध हुन्छ कि हडताल, बन्दजस्ता कार्यक्रम नगरीनेपालमा परिवर्तन असम्भव छ । ०४६सालमा पनि यस्तै गरिएको थियो, ०६३ मा पनि यसै गरियो । अझ ००७ सालमा पनि त्यतिबेला राजा पनि मैदानमा ओर्लेर परिवर्तन भएको थियो । त्यसकारण सबैभन्दा पहिला परिवर्तनकारीहरू एकजुट हुनुपर्छ, त्यसपछि आमहड्तालका कार्यक्रम राख्नुपर्छ । अन्यथा केही परिवर्तन हुनसक्नेछैन । खाली गणतन्त्र र यी भ्रष्ट नेताहरूलाई भाषणमा नङ्ग्याएर केही नतिजा निस्कने छैन । सुन्नेले सुन्छन्, बुझ्नेले बुझ्छन्, फेरि बालेन, कुलमान, हर्क साम्पाङ्को चर्चातिर लाग्छन् ।
हालै सेनाले सेना दिवस मनायो । सेना भनेको बिधिद्वारा स्थापित संस्था हो । यो राष्ट्रपति, कार्यपालिकाप्रति, संविधानप्रति प्रतिवद्ध छ । यसकारण सेनाको प्रतिवेदन देशको सुरक्षासँगमात्र सिमित छ । भ्रष्टाचार, अन्याय, अत्याचार, बेथिति, कुशासन, राष्ट्रघात आदि विषय सेनाले बुझ्ने मात्र हो । सचेत रहने हो । देशका नागरिक कुशासनबाट मरून् कि बाँचुन, अन्यायमा परून्, सेनाले केही गर्दैन । देशको सिमाना, राष्ट्रिय अखण्डतासँगमात्र सेनाको सरोकार हुन्छ । त्यो बाहेक सेनाले संचालन गरेका कल्याणकारी कार्यहरूबाट आर्जित रकमलाई कहाँ लगानी गर्ने ? त्यसमा सेनाको चासो रहन्छ । महगी बढोस् कि युवा विदेशमा बेचियुन, आर्थिक मन्दी होस् कि नीतिगतदेखि कार्यान्वयनसम्म भ्रष्टाचार बढोस्, सेनाले केही गर्नेवाला छैन । सेनाले परिवर्तन ल्याइदिने होइ, परिवर्तन जनताले चाहने र जनविद्रोहबाट आउने हो । सेनाले राजतन्त्र पुनस्र्थापना गरिदिने, शिरमा श्रीपेच लगाइदिने कल्पना नगरौं ।
बिगत हेरौं, विदेशीले सघाए, परिवर्तनकारीको आन्दोलन सफल भयो, विदेशीले मान्यता दिए, राजतन्त्र र हिन्दुराष्ट्र फालियो । सेनाले पनि त्यही मानेको हो । यो संविधान फाल्ने हो भने जनता अघि सर्नुको बिकल्प छैन । जनविद्रोह भयो भने विदेशी पनि मान्यता दिन्छन्, सेनाले पनि त्यही मान्ने हो । नेपालको सेना बंगलादेश, पाकिस्तान, श्रीलंकामा जस्तो राजनीतिक चस्का पसेको सेना होइन । परिवर्तन जसरी ल्याए, जनताले ल्याए । परिवर्तन चाहेकै हो भने जनताले ल्याउनुपर्छ । भारत, चीन, अमेरिकाले परिवर्तन ल्याइदिन्छ भनेर सोचनु गलत छ । परिवर्तन चाहेन शक्ति, व्यक्तिहरू बिभाजित छन्, पहिलो सर्त उनीहरू एक हुनुपर्छ । त्यसपछि एकस्वर र एकढिक्का भएर आन्दोलनमा उत्रनुपर्छ । यस्तो आन्दोलने मात्र परिवर्तन सम्भव छ ।
जोखता हेर्दा हेर्दा १८ वर्ष बितिसक्यो । कति हेर्ने जोखना, कति सुन्ने ताल न बालका भविष्यवाणी । भविष्य बनाउने रेखा जनताको चाहना, जनबिद्रोहमा छ । राजा आफै देश बचाउन अग्रसर भएका छन्,। अब साथ दिने वा नदिने जनताको कुरा हो । नेपाली भएर बाँच्ने कि परचक्रीको गुलामी बनेर निर्णय जनताले गर्नुपर्छ । राजालाई साथ दिएर भावी पुस्ताका लागि नेपालको अस्तित्व रक्षा गरौं ।