Advertisement Banner
Advertisement Banner

११ आइतबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसका सभापति देउवाको भारत भ्रमण रद्द

०८ बिहिबार , फाल्गुण २०८१३ दिन अगाडि

कांग्रेसका सभापति देउवाको भारत  भ्रमण रद्द

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत नजाने भएका छन् । प्रयागराजमा जारी महाकुम्भ मेलामा जाने तयारीमा रहेका सभापति देउवाले अन्तिम समयमा भारत भ्रमण रद्द गरेका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति देउवा अन्तिम समयमा भारत नजाने पक्का भएको हो । यसअघि इन्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा देउवालाई निमन्त्रणा पठाएको थियो ।

निमन्त्रणा पछी भारत जाने तयारी गरेका सभापति देउवाले उक्त कार्यक्रममा नजाने निर्णय गरेका हुन् । तर, कांग्रेसका सभापति देउवाले भारत भ्रमण रद्द गर्नुका कारणबारे केहि खुलाएका छैनन् ।