Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मलाई बलात्कार गर्नेलाई कारवाही गर

२२ बुधबार , बैशाख २०७३१० बर्ष अगाडि

भ्रष्टाचारबिरोधी अभियन्ताका रुपमा चर्चामा रहेकी शारदा भुषाल मलाई पटक पटक बलात्कार गर्ने मोदनाथ प्रश्रितलाई कारवाही गर भनेर चिच्याइरहेकी छिन्, महिला हिंसाविरोधी र मानवाधिकारकर्मीहरु पटक्कै बोल्दैनन्, के हो यो?

बलात्कार मोदनाथ प्रश्रितले गरेको आरोप छ उनको। प्रमाणका रुपमा शारदाले धरातल नामक पुस्तकै लेखेकी छिन्। उनले हालकी मन्त्री शान्ता मानवी, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरालाई समेत साक्षीका रुपमा प्रस्तुत गरेकी छिन्। शान्ता मानवीले त आफूलाई बलात्कार गर्न प्रश्रितलाई सघाएको र हालका सभासद मनकुमार गौतमलाई पनि धेरै कुरा थाहा भएको भनेकी छिन्। शारदा भुसालले समाजबाट न्याय खोजेकी भनेकी छिन् तर समाजले उनको चिच्याहटलाई सुनेकै छैन, मानौं महाभारतमा द्रौपदीको चीर हरण भइरहेको छ र सबै देख्नेहरु चुपचाप हेरिरहेका छन्। प्रगतिशील भन्नेहरुले समेत केही बोलेका छैनन् र ओली सरकारले समेत यसबारेमा मौनता साधेको देखिन्छ।

देवासुर संग्राम लेखेर चर्चामा आएका मोदनाथ प्रश्रित अव बलात्कारको आरोपको संग्रामका सामु उभिन पुगेका छन्। शारदा भुसाल आफू कुनै पनि जाँचमा उभिन तैयार छु भन्दै प्रश्रित उभिन तैयार छन् भनेर चुनौति दिइरहेकी छिन्।