Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हत्या हुने हल्ला

२२ बुधबार , बैशाख २०७३१० बर्ष अगाडि

पश्चिमा सञ्चारमाध्यम एजेन्सी। रिया द्वन्दका जानकार डा. च्याङ सि.मुनले उत्तर कोरियाली शासक किम जोङ उनको हत्या हुने दाबी गरेका छन्। कोरियन पत्रिकामा लेख्दै च्याङले शासक किमलाई आफ्नै अधिकारीहरुले हत्या गर्ने दाबी गरेका हुन।

सन् २०११ मा सत्तामा आएका शासक किमले ७० जना अधिकारिको हत्या गरेको प्रसङ्ग कोट्याउदै च्याङले किम जोङ उन मारिने दावी गरेका हुन। उच्च अधिकारीहरुको हत्या मध्ये ज्याङ सोङ.थाएक एक पर्दछन्। ज्याङ एक समय उत्तर कोरियाको दोस्रो शक्तिशालीमा गनिन्थे र किमको बहिनीसँग विवाह गरेका थिए। सन् २०१२ मा किमले सेना प्रमुख रि योङ होलाई समेत मृत्युदण्ड दिएका थिए।

प्योङयाङ स्थित उत्तर कोरियाको नयाा एयरपोर्टको टर्मिनल डिजाइन गर्ने डजाइनर मा वन चुन लाई सन् २०१५ जुलाईमा मृत्युदण्ड दिइएको बताइन्छ। किमलाई नयाा भवनको डिजाइन मन नपरेको कारण सो डिजाइनरलाई मृत्युदण्ड दिइएको थियो। \u000a    आफ्ना सहकर्मी मारिदै जाँदा आफुपनि मारिनसक्ने डर अधिकारीहरुमा आउने भन्दै आफ्नो र आफ्ना निर्दोष सहकर्मीको ज्यान बचाउन किम जोङ उनको हत्या उनकै अधिकारीहरुले गर्ने च्याङले दाबीछ। च्याङ लेख्छन्, हत्या हुन्छ, तर कहिले हुन्छ एकिन भन्न सकिन्न। साथै कोरियन स्टडिजमा प्रकाशित सुङमिन चोको एक लेखलाई उध्रित गर्दै च्याङ लेख्छन्, सुङमिन चोको अनुसार किम जोङ उनको हत्या सामुहिक भन्दा पनि एक्लो व्यक्तिबाट हुने सम्भावना बढी देखिन्छ। साथै हत्या सार्वजनिक स्थलमा भन्दा कुनै भोज वा गोप्य मिटिङको समय हुने सम्भावना बढी देखिन्छ।

टिप्पणी:    किन उत्तर कोरियाका त्यस्तो नेता हुन्, जसले विश्वशक्तिलाई आश्चर्यमा पार्ने गरी सानाखालका आणविक अस्त्र र छोटा र लामो दूरीका क्षेप्यास्त्रहरु परीक्षण गरिरहेका छन्। चीनसँगसमेत टाढिदै गएको उत्तर कोरियाले अनेक आर्थिक समस्या झेल्दै अस्तित्व रक्षाका लागि राष्ट्रसंघको कडा नाकावन्दी झेलिरहेको छ र यस्तो अवस्थ्ामा समेत उत्तर कोरियाली एक भएर आत्मरक्षामा जुटिरहेका छन्। यो आश्चर्यचकित पार्ने परिदृश्य हो। हो, उत्तर कोरिया कडा कम्युनिष्ट शासनको नियममा छ। त्यो शासन आजको विश्वलाई मनपर्ने शासन पद्धति होइन। तर पनि आत्मरक्षा र स्वाभिमानका लागि उत्तर कोरियाली जनताले देखाएको एकता र उत्तर कोरियाली शासन जस्तोसुकै संकटसँग जुध्न टेकेको दह्रो खुट्टा देखेर विश्व जिल्लाराम परेको अवस्था छ आज। यहीकारण उत्तरकोरियाली शासक किम जोङ उनको हत्याको प्रचार तीब्र पारिएको छ। यस्ता हिंसात्मक हल्लाभन्दा पनि किमलाई आधुनिक विश्व समुदायमा रुपान्तरण गर्ने बुद्धिमानी कदम चाल्न सकिन्न र?