Advertisement Banner
Advertisement Banner

११ आइतबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

Image

संगठित, असंगठित बिद्रोह गरौं

शाश्वत शर्मा

०६ मंगलबार , फाल्गुण २०८१६ दिन अगाडि

संगठित, असंगठित बिद्रोह गरौं

स्थापित संघीय गणतान्त्रिक लोकतन्त्रका सञ्चालकहरूले देश र जनतालाई हेप्नुसम्म हेपे, लुट्नुसम्म लुटे 
एक ज्योतिषले भनेका थिए, फागुन १५ सम्म मंगलग्रह बक्री छन्, अनिष्ट हुनसक्छ, यो व्यवस्था नरहन पनि सक्छ । यस्तो भविष्यवाणी गर्ने ज्योतिषहरू बग्रेल्ती देखिन्छन् तर यो व्यवस्था जानसक्छ भनेर आँकलन गर्ने नेता, विश्लेषकहरूको कुनै कमी छैन । देशव्यापी रूपमा छिटपुट आन्दोलन भइरहेका छन्, सन्तुष्ट कुनै बर्ग देखिदैनन् । यो व्यवस्था स्वीकारेर संसदमै पुगेका पनि सन्तुष्ट देखिदैनन् । असन्तुष्टि सडकको फोहरजस्तै छरपस्ट छन् । सरकारले ल्याएको बिधेयक पास गर्न जोडघटाउ चलिरहेको छ, लेनदेन मिल्दैछ । देशका ठूला पार्टी मिलेर बनेको सरकार समेत सफल हुनसकेन । सबै प्रकारका गठजोडहरू देखियो, भोगियो, कुनै गठजोड नचलनु भनेको यो पद्धतिमै, यी नेतामै खोट भएर हो । कांग्रेस माओवादीको गठजोड संविधानका कमी सुधार्ने नाममा भएको थियो, त्यतातिर सरकारको ध्यान छैन, कसरी यो सरकार अगाडि बढाउने भन्नेमै जोड छ । त्यो राजनीतिक बहाना थियो, यति सजिलै यो संविधान सुधार हुने सम्भाबना न्यून छ । हुन त नेपालका कुनै संविधान संशोधन नभई अगाडि बढेका छैनन् । तर यो संविधान जतिसुकै राम्रो भनिए पनि योभन्दा गएगुज्रेको कुने संविधान नै थिएन भनिदैछ ।
सरकारले ल्याएको भूमिसुधार विधेयक आफ्ना पार्टीका मान्छेलाई जमिन बितरण गर्न ल्याएको विषय थियो । देशको भूमि विदेशीले कब्जा जमाउँदै गएकोमा चिन्ता छैन, यिनलाई लालपूर्जा बाँडेर भोट बैंक खडा गर्ने हतारो परेको छ । भूमि विधेयक आफूले ०८४ को चुनावमा बहुमत ल्याउनका लागि थापेको धराप हो, यसकारण सत्तासीन चार र प्रतिपक्षीसमेत यो विधेयक संशोधन हुनुपर्ने माग गरिरहेका छन् । सडकमा आन्दोलन छ । राप्रपाले दुईमहिनेआन्दोलन गर्ने भन्दैछ । जनमत आन्दोलनमा छ । प्रभु साहको पार्टी आन्दोलनका लागि तैयाीमा छ । मिडिया विधेयकदेखि दुर्गा प्रसाई, केशर बिष्टलगायतका धार्मिक संघसंस्था पनि आन्दोलनमा छन् । अर्थात् असन्तुष्टि संसद, सरकारदेखि सडकसम्म असरल्ल देखिन्छन् । निर्णायक बिद्रोह गर्न सकेका छैनन् । यसमाथि प्रतिपक्षी माओवादीका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्ने गुप्त अभियान पनि हुँदैछ भनिन्छ । यस्तो बिकराल परिस्थितिमा सिर्फ ओली सरकारमात्र ढल्दैछ कि यो भ्रष्ट, अनैतिकतापूर्ण व्यवस्था पनि ढल्दैछ ? आन्दोलित धेरै छन्, सबैको एउटै लक्ष्य देखिदैन । उद्देश्य फरक फरक छन् तर असन्तुष्टि व्यापक छ । मूल राजनीति हो, राजनीति प्रदूषित भयो ।
पूर्वराजाको आकर्षण झन झन बढेर गएको छ । रूपन्देही, कपिलवस्तु र अहिले कास्की भ्रमणले पनि आकर्षण नै देखाएको छ । यो आकर्षणको अर्थ हो, राजतन्त्रको पुनस्र्थापना र देशलाई अभिभावकको खाँचो पूर्ति । हुनुपर्ने यही हो । विविध असन्तुष्टि, अभियान, आन्दोलन सकभर एक हुनु जरूरी छ । नभए पनि असंगठित रूपमा विद्रोह हुनुपर्छ । तवमात्र हरेक सवालले जवाफ पाउन सक्छ । 
मुलुक र मुलुकवासी सर्वोच्च प्राथमिकतामा छैनन् । यो कुरा हरेक नागरिकले बुझेका छन् । मुद्दा अनेक छन्, असन्तुष्टि अनेक छन् । ती सबै असन्तोषहरूलाई एकठाउँमा राखेर एकपल्ट एकजुट भएर धक्का दिनुपर्छ । यही धक्काले जनताप्रति जवाफदेही हुनुपर्ने वातावरण सिर्जना गर्नेछ । भ्रष्टहरू किनारा लाग्ने, दण्डित हुने र योग्य तथा युवाहरूले देशव्यापी अवसर पाउनेछन् । अहिले हिन्दुराष्ट्र कायम हुनुपर्ने र राजसंस्था पुनस्र्थापना गर्ने पनि अलग अलग आन्दोलनमा छन् । भ्रष्टाचार निर्मूल गर्ने, काण्डहरू घटाउनेलाई दण्डित गर्ने कुरा पछिको हो । पहिले भ्रष्टहरूको बालुवाको महललाई धरासायी बनाउनु प¥यो । राजतन्त्रको पुनस्र्थापना गर्न एकजुट हुनुप¥यो । बाँकी न्याय र समानता, सुशासन र समृद्धिको विषय आफसेआफ अगाडि आउनेछन् । पहिले यो पद्धति फाल्नुपर्छ, त्यसपछि बिकृति स्वतः फालिनेछ । त्यसकारण मुलुक बचाउनु छ, बनाउनु छ भने सबैले यो व्यवस्था फाल्न लागिपर्नुपर्छ । प्रधानमुद्दा नै यहीहो । यो मुद्दामा सबै असन्तुष्टहरू एक हों । ज्योतिषी र विश्लेषकहरूका मिति तोकेर भएका भविष्यवाणीहरूका अनुसार भन्दा पनि मुलुकको हितका लागि अब फागुन अथवा चैत १५, वैशाख १५ होइन, अस्तित्वरक्षा र मुलुकको बृहत्तर हितलाई सोचेर आमूल परिवर्तनका लागि एकजुट भएको आन्दोलन आवश्यक छ । ज्योतिषहरूले निराशामात्र परिणत गर्छन्, कर्म नगरी फल लाग्दैन । अहिलेको मूल कर्म भनेकै असंगठितहरू संगठित भएर आन्दोलन गर्नु हो । निराशालाई उत्साहमा बदल्नुपर्छ । नेतृत्व होस वा नहोस्, एकजुटता मुख्य मुद्दाका साथ हुनुपर्छ । नभए हिस्स हुनुपर्ने छ । एकता हुन नसके पनि सबैले आन्दोलनलाई बिद्रोहमा बदल्नसके परिणाम आउनेछ ।