
राष्ट्रिय सभामा सरकारले ल्याएको विधेयक असरल्ल छ । संघीय संसदमा दुई तिहाइ बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत नभएपछि सरकार नैतिक संकटमा परेको हो । उपेन्द्र यादवको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने जनाउ दिएपछि सरकार संकटमा फसेको हो । जसपा नेपालले सरकारी जग्गा व्यक्तिलाई बाँड्नेगरी ल्याइएकाले समर्थन गर्न नसकिने निर्णय गरेको छ ।
जसपा नेपालले सरकारले ल्याएको ६ अध्यादेशमध्ये ५ मा समर्थन गर्न सकिने तर भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेर पासो थापेपछि सरकार संकटमा परेको छ । राजनीतिक बजारमा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्य मन्त्री र संघीय सरकारमा मन्त्री दिए पास गर्न सकिने प्रस्ताव गर्दा एमाले कांग्रेस मिलेर बनेको सरकार अप्ठेरोमा परेको हो ।
सरकारले ल्याएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेशमा जसपा नेपालले समर्थन गर्ने भनेको छ ।
अध्यादेशमा बहुमत नपुगेकै कारण अध्यादेश रोकिएको छ ।
लाई निर्णयार्थ पेस गरेको छैन । प्रमुख पतिपक्षी माओवादी अध्यादेश पास नहुने डंका पिटिरहेको छ । रास्वपा, माओवादीको घेरावन्दीमा परेको छ सरकार ।
अध्यादेश पारित नभए नैतिक संकटको कुरा उठ्नेछ, सरकार ढल्न पनि सक्छ ।