देशभक्त शासकहरु भारतीय दूतावासमा यसरी चियर्स गरेर ह्वीस्कीको चुस्की लिन्छन् र बाहिर निस्केपछि भन्छन्– भारतले हस्तक्षेप गर्यो। यी नेताका आन्द्राभुँडीको भिडियो एक्सरे गर्यो भने कटकटिएको भारतीय लादी देखिन्छ। तर यिनै नेताहरु आफूलाई स्वाभिमानी भन्छन्, देशको सार्वभौमसत्ताको भाषण गर्छन् र भन्छन्– नेपाल स्वतन्त्र थियो, स्वतन्त्र छ र स्वतन्त्र रहन्छ।
हिमालको पानी पिएर यिनको तीर्खा मेटिएन। गर्नुसम्म भ्रष्टाचार गरे, नेपाली जनताको ज्यान, रगत–पसिना पिइरहेका छन् तैपनि यिनको तीर्खा मेटिएन र विदेशी दूतावासमा पुगेर यसरी चियर्स गरेको गर्यै छन्। यस्ता परजीवीहरुले भारतको बिरोध गर्ने?
देशप्रति ओठे भक्ति र विदेशप्रति नतमस्तक बनेकै कारण १९५० लगायतका असमान सन्धि खारेज हुन नसकेको तीतो सत्य किन बिर्सने?


