Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

देश निर्माण गर्ने कुन नेता जन्म्यो?

१३ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

वैशाख १० गते संक्रमणकालीन स्थितिमा मिडिया र युवा गोष्ठी सम्पन्न भयो। यो गोष्ठीको कार्यपत्र प्रस्तोता थिए– प्रा.डा.सुरेन्द्र केसी। इतिहासविद केसीले सुरुमै वर्तमान संक्रमणप्रति औंला ठड्याएर प्रश्न गरे– महेन्द्रपछि कुन नेता जन्म्यो? माओवादी जनयुद्धमा ९२ अर्व क्षति भयो, भूकम्पले ६ खर्बको क्षति गरेको भनियो। ५ महिने नाकावन्दीले १८ अर्ब क्षति पुर्‍यायो। नेपाल ५० वर्षपछि धकेलियो। संविधानले द्वन्द्वलाई शान्तिमा रुपान्तरणमा टुंगिएन। मधेस आन्दोलनमा ६२ जना मारिए, द्वन्द्वको बिज त बाँकी नै रहेछ। मधेसी, जनजाति र राज्य हिंसामै रहेछन् त? ४२ देशमा संविधानसभाबाट संविधान बनेछन्। तर नेपालमा ती सबै देशले खर्च गरेभन्दा बढी खर्च भयो तैपनि संविधानलाई जनताले आत्मसात गर्न सकेनन्।

केहीवर्ष अघि वीवीसीले नेपाल भारतमा मिलाए के हुन्छ भनेर सर्भेक्षण गर्‍यो, अहिले भारतीय राजदूत रंजित रे त्यस्तै व्यवहार गरिरहेछन्। हाम्रो मिशन राष्ट्र हो भने असक्षम सरकार, विदेशी षडयन्त्रविरुद्ध मिडिया र युवाहरुले एउटै स्वरले बोल्नुपनर्ेे होइन र? तर, युवा वैदेशिक रोजगारीतिर, मिडिया अर्कोतिर लागेको देखिन्छ। नेपालमा बौद्धिक कत्लेआम भइरहेको छ, यो रोक्ने मिडिया र युवाले नै हो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीको अध्यक्षतामा भएको यो गोष्ठीमा डा.सुरेन्द्र केसी, डा.केवी रोकाया, चरण प्रसाई, विष्णुराज पाण्डे, काउन्सिलका मुख्य अधिकृतका साथै प्रशस्त पत्रकारहरुको उपस्थिति रहेको थियो। \u000a    डा. सुरेन्द्र केसीको कार्यपत्रको चुरो कुरो थियो– मिडिया र युवा: नै नेपाली राष्ट्र र राष्ट्र निर्माणका धुकधुकी हुन् जसको प्रेरणाबाट नै यहाँको राष्ट्रियताको स्पन्दन सुचारु हुने गर्दछ। भविष्यमा पनि यिनले जे मार्गदर्शन गर्दछन्, नेपाल र नेपालीको राष्ट्रिय भावधारा पनि सोही अनुसार गतिवान हुनेछ। संक्रमणकाल अन्त्यका बाहक पनि यिनीहरु नै बन्नुपर्नेछ।

कार्यपत्रको निष्कर्ष यस्तो थियो– राष्ट्रको निर्माण त्यस देशको मूल नेतृत्वले नै गर्ने विषयमा कुनै विवाद नै रहदैन किनभने त्यस्तो निर्माण भनेकै कुनै स्वप्नदर्शी नेताको सोच र विचारलाई साकार रुप दिने प्रक्रिया नै हो। चाहे त्यो पार्कचुङहिको कोरियाको कुरा गरौं वा लिक्वानयूको सिंगापुरदेखि मोहम्मद महाथिरको मलेसिया। अथवा देङस्याओ पिङको \u000a चीनकै कुरा गरौं। सबै नै तत् तत् देशका ती नेताहरुकै सोचको प्रतिफल आज ती देशहरु भोग गर्दैछन्। देङकोसपनाले आज चीनलाई विश्वको दो्िे ठूलो अर्थतन्त्र बनाइदिएको छ भने आगामी सन २०२५ सम्ममा त्यसले अहिलेको नं १ अर्थतन्त्रलाई उछिनी अेमरिकालाई नै प्रतिस्थापन गर्नेछ भन्ने अर्थविश्लेषहरुको अनुमान छ।

प्रश्न छ, यी सब कसरी सम्भव भए? निश्चय नै यसकोयश तिनै महान नेताहरुलाई जान्छ। नेपालमै पनि राजा पृथ्वीनारायण शाहको सोचले यस देशको जग बस्यो भने उनका दशौं उत्तराधिकारी राजा महेन्द्रले त्यसलार्य थोरै आर्थिक सबलता दिन सके तर त्यसपछि यस देशमा कुनै त्यस्तो नेता आएन जसले राष्ट्र नर्िाणको महत्व बुझोस् वा ठोस योजनाहरु प्रस्तुत गरेको होस्। त्यसको विपरित बहदल पुनर्स्थापना यताका विगत २५ वर्षमा मुलुकले ९३ प्रतिशत औदोगिपूर्वाधारहरु गुमाइएको तथ्याङ्कहरुले बताउँछन्। यस्तोमा कसरी राष्ट्रको निर्माण हुनसक्छ?

फलस्वरुप सिंगो युवा जगत रोजगारीका लागि खाडी, मलेसिया, युरोप र अमेरिका पुगेको छ भने तिनैले पठाएको विप्रेषणले देश चलेको छ। गाउँघरमा २० वर्ष मुनीको युवा देखिनै छाडियो भन्ने समाचारहरु ग्रामिण क्षेत्रबाट आउँछन्। २० वर्षदेखि स्थानीय निकायहरुको निर्वाचन भइरहेको छैन। यसरी नै ५–७ वर्षदेखि स्ववियुको पनि निर्वाचन हुनसकिरहेको छैन। अनि ती दुबै इकाईहरु चरम भ्रष्टाचारले जेलिएबाट देशको युवा बर्ग नै अर्थवादी र उपभोक्तावादी बनेर गइरहेको स्थिति छ। स्वयं सञ्चार जगत पनि यी बिकृतिहरबाट धेरै टाढा मानिदैन तापनि वर्तमान नेपाली समाजको प्रतिपक्षका रुपमा यो एउटा संस्थामात्र जिवित अवस्थामा छ अरु सबै मृतप्रायः छन्। यो नै वर्तमानमा देशको ज्वलन्त प्रश्न बनेको छ। अतः यस प्रश्नको समाधान पछि मात्र राष्ट्र निर्माण सम्भव हुने र देशको युवा र सञ्चारले नै मात्र यस कार्यभारलाई बहन गर्नसक्ने हुँदा अव तिनले चुप लागेर बस्नुहुन्न, मुखर भइृ आउनुपर्छ भन्ने राष्ट्रको माग छ। किनभने सञ्चार माध्यम राष्ट्र निर्माणको ठूलो उत्प्रेरक तत्व हुन्छ भने युवा गर्ब ठूलो जोशजाँगरयुक्त शक्तिले भरिभराउ हुनछ त्यसैले अव ती अगाडि आउनुपर्छ, राष्ट्र निर्माणको बागडोर सम्हाल्नुपर्छ, अर्को बाटो छैन। स्वभावतः यसका लागि राज्यले शिघ्रातिशीघ्र संक्रमणकालको अन्त्य गरी संविधानमार्फत संघीयतालाई पूर्णता दिई स्थानीय र राष्ट्रिय निर्वाचन गर्दै अघि बढ्नेको विकल्प देखिदैन। किनभने कुनै पनि मुलुकलेगन्तव्यसम्म पुग्नको लागि संक्रमणकाललाई अन्त्य गर्नैपर्छ।