Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

१८ शुक्रबार , माघ २०८१२ बर्ष अगाडि

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । काठमाडाैँकाे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो एक बजे हिउँदे अधिवेशनको पहिलो बैठक गर्न लागिएकाे हाे ।

विधेयक अधिवेशन समेत भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने बताइएकाे छ । अधिवशेनको पहिलाे दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ-आफ्नो मन्तव्य राख्ने तयारी रहेको छ ।

आज सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा रहेकाे छ ।

आजकाे अधिवेशनकाे पहिलाे बैठकमा दलीय आधारमा माननीय सदस्यहरूले आ-आफ्नो मन्तव्य राखेपछि विभिन्न अध्यादेशहरु सभामा पेस गरिने पनि कार्यसूची रहेकाे छ ।