Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

यी हुन् बालसेना: सोनिस अवाले

१३ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

सोनिस अवाल यतिखेर राष्ट्रिय खबरमा छाएका छन्। कसलाई थाहा थियो, उनी यसरी हाँसेको देख्न पाइन्छ। देशभर यस्ता अनेक बालबालिकाको उद्धार भएको छ भने अनेकले प्राकृतिक विपदमा परेर ज्यान गुमाउन पुगेका छन्। सबै बालबालिकाको प्रतिनिधि अनुहार हो यो।

२०७२ साल वैशाख १२ गते। महाभूकम्प आयो, भक्तपुर मूलढोकाका श्याम अवालको घर पनि भत्कियो। घरभित्रै थिचिए– बालक सोनिस अवाल। उद्धारमा खटिएको नेपाली सेनाले २२ घण्टाको अथक प्रयासपछि घरको भग्नावेशषभित्र थिचिएका सोनिस अवाललाई जिवितै उद्धार गर्न सफल भए। यी बालक तिनै सोनिस अवाल हुन्, जो मीठो हाँसिरहेका छन्, बालसेनाका रुपमा। देश यसरी हाँस्नुपर्छ, तव न देश। २०७३ साल वैशाख १२ गते, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले घोषणा गरे– कक्षा ५ सम्म बाबुआमा श्याम अवाल र रस्मिला अवालले जुनसुकै स्कूलमा पढाए पनि नेपाली सेनाले खर्च बेहोर्ने छ भने कक्षा ६ देखि वीरेन्द्र आवासीय महाविद्यालयमा यिनको स्नातकसम्मको अध्ययनको जिम्मा लिनेछ।

भूकम्पबाट घर भत्किएपछि लालपूर्जा नभएका कारण यो अवाल परिवारले सामान्य राहतसम्म पाएको छैन। सरकारले घर भत्किएकालाई राहत दिने हो, तर अझै यो परिवार पीडितले पाउनैपर्ने राहतका लागि छटपटिइरहेको छ।