Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

१७ बिहिबार , माघ २०८११३ दिन अगाडि

क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

नेकपा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटा ६ सय ८६ मत सहित विजयी भएका हुन् ।

अध्यक्ष सापकोटाका निकटतम प्रतिद्वन्दी हेमन्त राईले ६ सत १५ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार उपदेशकुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षहरूमा अटल आचार्य, मदन भट्टराई, दीपा जैसी, विराज थापा, ममता अधिकारी, अभिमन्यु यादव, कृष्ण सुनार, सन्दीप पुन र उमेश कँडेल विजयी भएका छन् भने महासचिवमा रोशन थापा मगर विजयी भएका छन् । ।

उपमहासचिवहरुमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की विजयी भएका छन् । त्यसैगरी सचिवहरूमा प्रेम जैसी, वीरेन्द्र जीसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आले मगर, समकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छोहाङ मावो विजयी भएका छन् ।

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना मगर विजयी भएकी छन् । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि यस पटक ३२ वर्षे उमेर हद लगाएर मतदान गर्दै नेतृत्व छानेको हो ।