
संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएकाले अधिवेशनको तयारी तीव्र पारिएको छ । संघिय ससदका सभामुख देवराज घिमिरेले अधिवेशनको तयारीका लागि सक्रियता बढाएका हुन् ।
संसदको हिउँदे अधिवेशनको तयारी तीव्र पारेका सभामुख घिमिरेले अधिवेशनको तयारी स्वरुप आज दिउँसो १ बजे सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यस्तै विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको बताइएको छ ।
हिजो माघ १४ गते सोमबार दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरवारमा छलफल गरेका सभामुख घिमिरेले यसअघि आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।