Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय परिचयपत्र किन ?

१५ मंगलबार , माघ २०८११५ दिन अगाडि

राष्ट्रिय परिचयपत्र किन ?

नेपाली नागरिकता भएपछि राष्ट्रिय परिचयपत्र किन चाहियो ? राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ भन्दै सूचना प्रविधि समाजले राजधानीमा प्रदर्शन गरेको छ । शनिवार यो समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । यो समाजको आरोप छ– सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको छ र यसले नेपाल र नेपालीको जीवनमा गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् । तर सरकारले राष्ट्रिय परिचयपत्रलाई हरेक क्षेत्रमा अनिवार्य गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ भनेर दिएको निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि सूचना प्रविधि समाज आन्दोलित भएको हो । सूचना प्रविधि समाजले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय घातक भएको तर्क गरिरहेका छन् । राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजले समाजका सबै बर्ग, सांसद, नागरिक समाज, विज्ञ, विशेषज्ञहरूलाई समेत गुहार लगाएको छ । आन्दोलनले चर्का रूप लिएको छैन । यो समाजको भनाइ छ– नेपालीको भविष्यलाई समाप्त पार्ने र सम्पूर्ण जानकारी विदेशीलाई दिने कार्य राष्ट्रिय परिचयपत्रका माध्यमबाट हुने भएकाले राष्ट्रिय परिचयपत्र खारेज हुनैपर्छ भन्ने उनीहरूको जोड रहेको छ । प्रत्येक नेपाली एक हुनुपर्छ र यो राष्ट्रघाती निर्णयको बिरोध गर्नुपर्छ ।
सूचना प्रविधि समाजले प्रदर्शनका क्रममा ‘राष्ट्रिय परिचयपत्र खारेज गर’, ‘साइबरस्पेस सार्वभौमसत्ता कायम गर’, ‘प्रतिक्रियावादी व्यवस्था मूर्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारीले नारा समेत लगाएका थिए । स्मरणीय के पनि छ भने केही वकिल लगायतका राष्ट्रवादीहरू इम्बोस्ड नम्बरका विषयमा आन्दोलित छन् । उनीहरूको आन्दोलन पनि अदालत नै पुगेको हो । तर सरकारले अनिवार्य गरे पनि अहिलेसम्म इम्बोस्ड नम्बर अनिवार्य भइसकेको देखिदैन । राष्ट्रिय परिचयपत्र जस्तै इम्बोस्ड नम्बरको खर्च पनि ऋण सहयोग नै हो र यसबाट ठेकेदार पोस्ने र नेपालीको गोप्यता विदेशीको हातमा पु¥याउने षडयन्त्त भइरहेको छ । जसरी पासपोर्ट, लालपूजा, लाइसेन्सको सर्भरसमेतको गोप्यता छैन र गोप्यताको खतरा छ, त्यसैगरी राष्ट्रिय परिचयपत्रले पनि नेपालीको गोप्य सूचना विदेशीका हातमा पु¥याउनेछ ।
यसैवीच क्यान महासंघले माघ २४ गतेदेखि ३१ गतेसम्म नयाँ सूचना प्रविधि प्रदर्शन गर्न थालेको छ । सूचना प्रविधिको प्रदर्शन आफैमा राम्रो हो । यसबाट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नयाँ–नयाँ प्रविधि बुझ्न र सिक्न सकिने छ ।
२८औँ संस्करणको क्यान इन्फोटेक मेला भृकुटीमण्ड हलमा हुनेछ । साथै नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्राथमिकता दिइएको छ । के छन्  सूचना प्रविधि पूर्वाधारको अवस्था र चुनौतीहरू ? यसबारेमा पनि इच्छुकहरूले सबै जानकारी पाउन सकिने भनिन्छ ।