Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख घिमिरे

१३ आइतबार , माघ २०८११७ दिन अगाडि

संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख घिमिरे

यहि माघ १८ गतेदेखि सुरु हुने हिउँदे संसदको अधिवेशनको तयारीबारे सभामुख देवराज घिमिरेले छलफल सुरु गर्न लागेका छन् । आसन्न संसदको हिउँदे अधिवेशनको तयारीका लागि सभामुख घिमिरेले छुट्टाछुट्टै छलफल सुरु गर्न लागेका हुन् ।

सभामुख घिमिरेले हिउँदे अधिवेशनको तयारी स्वरूप सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दैछन भने प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग दिउँसो २ बजे छलफल गर्ने तयारी गरिएको बताइएको छ ।

त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिने र भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तालिका रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।

यसअघि सभामुख घिमिरेले समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन संसदीय समितिका सभापतिहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका थिए भने संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।