
एमालेको चोइटो नेकपा स मा बरियता र संगठन बिभाग नपाएपछि भड्किएका वामदेव गौतम अन्ततः एमालेकै घर फर्कन तैयार भएका छन् । माघ ६ गते भेट मागेरै बालुवाटार पुगेका वामदेव गौतमले आफूले गठन गरेको नेकपा एकता राष्ट्रिय अभियानलाई एमालेमा एकीकरण गराउन चाहेका थिए । अध्यक्ष ओलीले एकीकरण छोड्नोस्, घर फर्कनोस् भनेपछि वामदेव एमाले फर्कन तैयार भएका हुन् । वामदेवलाई घर भित्र्याउने भद्रो ओलीले नै तय गर्ने भएका छन् । वामदेवलाई राष्ट्रिय सभा पनि ओलीले नै लगेका थिए ।
ओलीसँग भेट गरेर फर्केपछि वामदेवले सगौरव भनेका छन्– एमालेमै जाने भइयो, तर केही साथी माओवादीमा जान्छन् । २ वर्षदेखि डाहा छटपटीमा परेका वामदेव गौतमको राजनीतिक जीवन अव स्थिर हुने लक्ष्यण छ ।