Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

काँग्रेसको प्रदेश समन्वय विभागमा दश जना मनोनीत

०९ बुधबार , माघ २०८१२१ दिन अगाडि

काँग्रेसको प्रदेश समन्वय विभागमा दश जना मनोनीत

नेपाली काँग्रेसले प्रदेश समन्वय विभागमा दश जनालाई सदस्यमा मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागमा आज दश जनालाई सदस्यमा मनोनयन गरेका हुन् । 

उनले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सदस्यमा मनोनीत हुनेमा कास्कीका कृष्णबहादुर केसी, नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइराला छन् ।