Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपतिद्धारा दुवै सदनको अधिवेशन आह्वान

०८ मंगलबार , माघ २०८१एक दिन अगाडि

राष्ट्रपतिद्धारा दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । क्याबिनेट बैठकले हिजो गरेको सिफारिसबमोजिम उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त अधिवेशन आगामी माघ १८ गते दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा डाक्नुभएको हो ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷१०÷७ को सिफारिसमा संवत् २०८१ साल माघ १८ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । यसपटक सरकारले चार महिनापछि हिउँदे अधिवेशन बोलाएको हो । 

संविधानले एक अधिवेशन र अर्को अधिवेशनबीचको अवधि छ महिनाभन्दा बढी हुनु नहुने व्यवस्था गरेको छ । हिउँदे अधिवेशनमा विभिन्न प्रस्ताव प्रस्तुत गर्ने, जनसरोकारका कुरा राख्ने र निगरानीका विषय उठ्ने अभ्यास छ ।