Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

संसद अधिवेशन माघ १८ गतेबाट बोलाउन तयारी

०६ आइतबार , माघ २०८१३ दिन अगाडि

संसद अधिवेशन माघ १८ गतेबाट बोलाउन तयारी

सरकारले संघीय संसदको अधिवेशन माघ १८ गतेबाट बोलाउने तयारी थालेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत अधिवेशन बोलाउने मितिबारे छलफल भएकाले अब बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने बताइएको छ ।

संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको र पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गर्न सुरु गरेकाले माघ १८ गतेबाट अधिवेशन सुरु गर्ने तयारी गरेको सत्तारुढ दलका नेताहरूले जनाएका छन् ।  

कानुनी व्यवस्था अनुसार एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था रहेको छ । त्यस्तै संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।