Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न

०२ बुधबार , माघ २०८१एक बर्ष अगाडि

मधेशी एकता समाजको
 विशेष अधिवेशन सम्पन्न

मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन

काठमाडौं, पुस २९ गते । मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको विशेष अधिवेशन शनिबार सम्पन्न भएको छ । जुम बैठकद्वारा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको घोषणा गर्नुका साथै संगठनका मुख्य उपलब्धिहरू र आगामी योजनाहरू पनि सार्वजनिक गरेको छ ।
समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव (युएई)को नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रा. डा. राजीव कन्ठ (फिनल्यान्ड), महासचिवमा अन्तरिक्ष वैज्ञानिक मुकेश झा (युएई), कोषाध्यक्षमा जैव रसायनशास्त्री अनिल कुमार साह (अमेरिका) र प्रवक्तामा शिक्षाविद् एवं अधिवक्ता दीपेन्द्र चौबे (भारत) चयन गरिएका छन् ।
यस्तै उपाध्यक्षहरुमा कम्प्युटर इन्जिनियर सुजित कुमार ठाकुर (भारत), व्यापार विकास विशेषज्ञ मोहम्मद तनवीर आलम (युएई), जैव रसायन वैज्ञानिक डा. लोकेन्द्र यादव (नेपाल), शशी बाबु यादव (अमेरिका), नवीन चौधरी (डेनमार्क), ई.राजीव झा (कतार), चार्टर्ड एकाउन्टेन्ट नेहाल उज्जमान (साउदी अरेबिया) र ई. लखिन्दर यादव (जापान) रहेका छन् ।
उपमहासचिवमा ई. सुरेश कुमार यादव (युएई), उप–प्रवक्तामा ई.शैलेन्द्र कुमार राय (युएई) र उप–कोषाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट जिवछ साह (युएई) र उप–कोषाध्यक्षमा संजीव नायक (कतार)  रहेका छन् । त्यस्तै, कार्यकारी सदस्यहरूमा सञ्जय ज्यामीरे, लालबाबु सिंह, रोशन देव, शिव कुमार महतो, चन्द्रवीर यादव र आदित्य अटल रहेका छन् ।
त्यसैगरी मध्यपूर्व संयोजकमा उद्यमी अभय कुमार ठाकुर (कतार), मध्यपूर्व उपसंयोजकमा धर्मेन्द्र गोहीवार (युएई), अमेरिका संयोजकमा शशीबाबु यादव (टेक्सास), अमेरिका उपसंयोजकमा सुजित कुमार झा (टेक्सास), युरोप संयोजकमा नवीन चौधरी (डेनमार्क), युरोप उपसंयोजकमा डा. भगवान यादव (फिनल्यान्ड), भारत संयोजकमा दीपेन्द्र चौबे (भारत), सूदूरपूर्व संयोजकमा ई. लखिन्दर यादव (जापान), र नेपाल संयोजकमा डा. बबी सिंह (सप्तरी) रहेका छन् ।
यस्तै, मिडिया संयोजकमा अमरेन्द्र यादव, आईटी संयोजकमा उत्तम मिश्र, महिला संयोजकमा जिया चौधरी एवं कला संस्कृति संयोजकमा हरिओम मेहता रहेका छन् ।
मधेशी एकता समाज एउटा प्रमुख अन्तर्राष्ट्रिय संगठन हो, जसले मधेशी समुदायको एकता, अधिकार, सामाजिक न्याय, र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्दै आइरहेको छ । नेपाल, भारत, अमेरिका, युरोप, मध्यपूर्व र एशिया–प्यासिफिक क्षेत्रमा सक्रिय यस संस्थाले सामाजिक सेवाका साथै अन्तर्राष्ट्रिय मञ्चमा मधेशी समुदायको मुद्दाहरू उठाउँदै आएको छ ।