Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

१४ बाघ मारिएपछि ५ वर्षे योजना

०६ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

२ वर्षमा १४ बाघ मारिएछन्। यो बाघकालागि संकटकालीन वर्ष साबित भयो भन्दै आगामी ५ वर्षभित्र बाघको संख्या दोब्बर पार्ने योजना सार्वजनिक गरिएको छ। १४ बाघ किन मारिए, कसले मार्‍यो, यसको जिम्मेवारी कसले लिने? कुन कुन माफिया हुनसक्छन् बाघका सिकारी? यी आदिइत्यादि विषयमा प्रवेश नै नगरी बाघ संरक्षण कार्ययोजना २०१६–२०२० तैयार पारिएको छ।
योजनाले विकास हुने होइन। योजनाले बाघको संरक्षण पनि हुनसक्दैन। बाघको संरक्षण गर्न इच्छाशक्ति चाहिन्छ। बाघप्रतिको प्रतिवद्धता चाहिन्छ। बाघ संरक्षण गर्ने सुरक्षात्मक तैयारी मजबुत हुनुपर्छ। योजनाले विकास हुने भए नेपालमा योजना र घोषणाको कुनै कमी छैन। तर विकास शुन्य छ। बाघ संरक्षण योजना पनि यस्तै कागजी तैयारीमात्र हो। कागजले बाघ संरक्षण हुनसक्दैन। बाघ संरक्षणमा डब्लुडब्लुएफ नेपाल, प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन, विशेषज्ञहरु, वन्यजन्तु अपराध नियन्त्रणमालागेका नियकायहरु र निकुञ्जहरु यो कार्ययोजनाका सहयोगी पात्रहरु हुन्। यति धेरै निकयाको संलग्नतापछि पनि १३ महिनामा १४ बाघ मारिए। यसको अर्थ कतै यिनै निकायहरु त बाघको चोरी सिकारीमा अप्रत्यक्षतः संलग्नता छैन? शंका गर्ने ठाउा छ, गर्न सकिन्छ।
भारतमा बाघ संरक्षण संयुक्त अभियानको गोष्ठी भइरहेको छ। यो गोष्ठीमा मान्छेको हत्या आरोप लागेका मन्त्री सहभागी हुादैछन्। मन्त्री आज आउाछन्, भोलि फेरिन्छन्। बाघ संरक्षण गर्ने हो भने सुरक्षा निकायलाई जिम्मा किन नदिने?