Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

केको भूराजनीति,केको छिमेकी स्वार्थ ?

शाश्वत शर्मा

२९ सोमबार , पौष २०८१५ दिन अगाडि

केको भूराजनीति,केको छिमेकी स्वार्थ ?

केही दलनिकट सञ्जालले पूर्वराजा ज्ञानेन्द्रको लखनउ भ्रमणबाट निराश हुनुपरेको, आरएसएसका अध्यष मोहन भागवतको कुराले चोट परेको र निराश भएर फर्कनुपरेको प्रचार गरेका छन् । राजतन्त्र पुर्नस्थपाना गर्ने विषय अब विषयमा मात्र सिमित हुनपुगेको कथाहरू संप्रेषण गरिरहेका छन् । जब निराशा र हताशा बढ्दै जान्छन्, तब यस्ता कुराहरूबाट दल र तिनका कार्यकर्ताहरूले आत्मरती गर्छन् । सबैलाई थाहा छ, भारतीय मनसुवा नेपालबाट राजसंस्था भारतले नै बिस्थापन गरेको थियो, यो भारतीय कार्यक्रम नेहरूको पालादेखि चलेको षडयन्त्र थियो । मनमोहनको पालोमा आएर लागू भयो । जहाँसम्म राजा, योगी र मोहन भागवतवीचको कुरा छ, त्यसको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन । नेपाललाई हिन्दुराष्ट्र बनाऔं, कालान्तरमा अखण्ड भारत बनाउने कुरा भयो वा भएन ? राजाले दिएको जवाफको पनि पुष्टि भएको छैन । यद्यपि मानौं, कुरा नै भएछ रे, यसमा अनौठो के भयो र ? भारतको उत्तरी सीमा हिमालय हो भनेर भारतीय सैनिक विज्ञले पुस्तकै लेखेका छन् । उनीहरू लेख्छन्, हाम्रा नेताहरू भारतीय नेताहरूका सामु लम्पसार पर्छन् ।
सही कुरो के हो भने पूर्वराजाले कहिले पनि भारतको बलमा राजा हुन चाहेकै छैनन् । म यहीँ छु, जनताले खोजेका बेलामा उपलब्ध छु भन्ने राजाले जनताले नै चाहे राजतन्त्र पुनस्र्थापना हुनसक्ने पटक पटक बताइसकेका छन् । किन बुझ्दैनन् दलपतिहरू, राजाले चाहेको भए अन्तरिम संविधान जारी नै हुनेथिएन । त्यसपछि केको संविधान सभा, केको नयाँ संविधान ? आज पनि पूर्वराजा राजनीतिक सहकार्यमा देशलाई अघि बढाउने कुरा गरिरहेकै छन् । नेताहरू पूर्वाग्रही भएपछि के लाग्छ ?
मनमोहन सिंहले समेत नेपालको परराष्ट्र, रक्षा र प्राकृतिक स्रोत भारतको हिल्ला लगाइदिएका भए, यतिबेला राजा भुटाननरेशजसरी बसेका हुनेथिए । राजा जनताका सामु झुके, राष्ट्रघातमा स्वीकृति दिएनन् । यथार्थ यही हो र यही नै हो ।
पूर्वराजाको लखनउ भ्रमणबारे नकारात्मक समाचार आफू पानीमाथिको ओभानो बन्नका लागि गरिएको विषयान्तरको विषय मात्र हो । यस्ता हल्लाले यो पद्धति र यसका नेताहरूप्रतिको बढ्दो आक्रोस मत्थर हुनेवाला छैन । निराशा बढाउन यी दलपतिहरू सक्षम हुनेछैनन् । राष्ट्रभक्त नेपालीहरू यस्ता प्रचारमा अलमलिने छैनन् ।
नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको पुनस्र्थापना कुनै विदेशीका भरमा होइन, नेपाली जनताको इच्छाबाट हुनेछ । जनताले नेता भनाउँदा भ्रष्ट कुडाकरकटलाई नालीमा फ्याँकिदिनेछन् । अहिले भूराजनीतिको कुरा गरिन्छ, यसको बढी चर्चा आवश्यक छैन । जब अस्तित्व नै संकटमा छ भने नेपालीले सन्ततीको भविष्य सुरक्षित पार्नका लागि आन्दोलनमा उत्रने छन्, भ्रष्टाचारीविरूद्ध बिद्रोह गर्नेछन् । भूराजनीतिले भन्दा पनि यिनै भ्रष्ट, अनैतिकहरूका कारण संकटमा परेको अस्तित्व रक्षाका लागि जनता उठ्नेछन् । अब जनता कागजी र देखावटी आन्दोलनमा अल्झिने छैनन् । भूराजनीति, छिमेकी स्वार्थ, राजनीतिक हलचलका कुरा उठाएर जनतालाई अलमल्याउन सकिने छैन । यस्ता प्रयास असफल जनताले नै पार्नेछन् । अबको आन्दोलन कसैको प्रभावमा होइन, आफ्नै लागि गर्ने हो, जनताले आन्दोलनको लागि कम्मर कसिसकेका छन् । अभिभावक चाहिने रहेछ भन्ने बुझेर नै जनताले राजसंस्था चाहेका हुन् । अबको परिवर्तनले वरिपरि बस्नेको रजगज हुनेछैन, अराजक र अस्थिर तत्वहरूले मौका पाउनेछैनन्, आसेपासेको चुरीफुरी पनि बढ्ने छैन । आफू, सन्तती र मुलुकको अस्तित्व रक्षा होस्, विधिको शासन चलोस् भन्ने जनचाहना रहेको छ ।
सकिन्छ, परिवर्तन चाहनेहरूले एकता गर्नुपर्छ र एकत्रित भएर आन्दोलनमा जुट्नुपर्छ । सकिन्न असंगठित भए पनि विद्रोहमा सबै निस्कनुपर्छ । असंगठित भएकाले नै परिवर्तनको १८ वर्ष खेर गएको, लुटेराले देश र जनतालाई लुटेको र अस्तित्व नै संकटमा पारेको स्पष्ट भइसकेको छ । कति मर्ने, नेपालीहरू पल पल मरिरहेका छन् । अन्यायका कारण असन्तोष्पा बढेर गएको छ । आन्तरिक राजनीति अराजक छ, राष्ट्रिय राजनीति अस्थिर छ, यहीकारणले सीमा खुम्चिएको छ । संसद छ, संविधान छ, देखावटी सजावटका विषयमात्र भएका छन् । खुम्चिदो नेपालीत्वको जगेर्नाका लागि समेत जनविद्रोह अत्यावश्यक भइसकेको छ । असान्दर्भिक कुरा उठाएर नेपाली एकता भाँड्न नखोजे पनि हुन्छ । जनताले सकसबाट निकास खोजेका छन् । निकास पहिल्याउनका लागि विद्रोहको बिकल्प छैन । प्राथमिकता राष्ट्रियताको छ, प्राथमिकता जनअपेक्षाको छ । यसका लागि विद्रोह त हुनैपर्ने देखियो ।