नेपाली युवतीहरुलाई यौनव्यवसाय गराउने उद्देश्यले मानव बेचबिखन गर्ने समुहले बैध अवैध बाटोबाट खाडीका अनेक मुलुकहरुमा लैजाने क्रम रोकिएको छैन। मीठो सपना देखेर जाने र छाती पिट्दै रुादै आउने अथवा कतिपय महिलाका लाश आउने क्रम पनि बढ्दै गएको छ। महिला बेचबिखनविरुद्ध काम गरिरहेका अधिकारकर्मीहरु, सुरक्षा निकाय नेपाली युवतीलाई विदेशमा लगेर यौनधन्दा गराउने गिरोहलाई रोक्न सकिरहेका छैनन्। नेपाल सरकारले पनि त्यस्ता गिरोहहरुप्रति कडा रुख नअपनाउनाले राजनीतिक संरक्षण भएको अनुमान सहजै गर्न सकिन्छ। पैसाका लागि दिदीबहिनीलाई ललाई फकाई अरवियन मुलुक पुर्याएर गर्नुसम्मको शोषण गर्ने प्रवृत्तिमा अव रोक लाग्नैपर्छ, यसको विकल्प छैन। हो, बेरोजगारी नेपालको सबैभन्दा ठूलो समस्या हो। राजनीतिक पार्टीहरुले गरिखान नदिदा, रोजगारीका अवसरहरु सिर्जना नगर्दा र राज्यको नीति नै पार्टीकरण भएकाले युवायुवती विदेशीने क्रम बढ्दै गइरहेको छ। यो ठूलो समस्या हो तर यो समस्यालाई समाधान गर्न र युवायुवतीलाई स्वदेशमै टिकाउने कारगर योजना बनाउन लोकनेताहरु असफल भएका छन्।
यही कारण युवाहरु विदेशीको बुटमुनी कुल्चिन बाध्य छन्। युवतीहरु मानसिक, शारीरिक यौनशोषणको सिकार भइरहेका छन्। कहालीलाग्दो अवस्था छ नेपाली युवायुवतीको विदेशमा। अन्तर्राष्ट्रिय अधिकारकर्मीले कतारमा नेपाली कामदारलाई दासजस्तो व्यवहार गरेको सूचना सार्वजनिक गर्यो, कुवेतमा ६ महिला बेश्यावृत्तिको अभियोगमा पक्राउ परेको खबर छापियो। तैपनि नेपाली नेताहरु यति संवेदनहीन भइरहेका छन् कि तिनलाई यी समाचारले छुादै छोएन। यो नेपाली लोकतन्त्रको हुनुसम्मको बेइजति होइन र?
कुवेत टाइम्समा मुना अल फौजीको खुलासा
कुवेत प्रहरीले हालै सामाजिक संजाल मार्फत यौन सम्झौतामा भाग लिएको आरोपमा एशियाली महिलाको एक समूह पक्राउ गरेको छ। ६ जना महिला (फिलिपिना र नेपाली) कुवेतको हवल्लीमा वेश्यावृतीको अभियोगमा पक्राउ परेका थिए। यी मध्ये पााच महिलासाग २० नं भिसा (घरेलु महिला कामदार) र एक जनासाग १८ नं भिसा (सांगठानिक(निजी क्षेत्रमा काम गर्ने आवासिय भिसा) थियो। पक्राउ परेका महिलाहरुलाई कार्वाहीका लागि पठाइयो भने उनिहरुका (स्पोन्सार) लाई सोधपुछका लागि बोलाइएको थियो। हुन त यो रिपोर्टबाट अचम्म मान्नु पर्दैन, किनकी हामी हरेक दिन यस्तो घटनाहरु पढ्ने गर्छौ। तर म, घरेलु महिला कामदारका रूपमा विदेश प्रवेश गर्ने महिलाको ठूलो संख्या प्रती धेरै बढी चिन्तित छु। त्यसैगरी तिनीहरूले यौन व्यापार कुवेतमा बर्जित गरिएको थाहा पाउादा पाउादै, अपनाएको कारण पनि चिन्तित छु। म कल्पना पनि गर्न सक्दिन,“कसरी यी महिलाहरुले अचानक आ136नो स्पोन्सरको घरबाट भागे र आ136नो शरीर बेच्ने निर्णय गरे?“ सायद, समयमा पारिश्रमिक नपाएपछि उनिहरु वाध्य भएर वेश्यावृत्ति गैर कानूनी हो भनेर थाहा पाउादा पाउादै पनि यसमा लागेका हुन् या दुताबास वा अन्य निकायमा सहयोग अपिल नगरिकन आ136नो काम गरेको घर छोडेका हुन्। उनीहरुलाई के कारणले वाध्य भए त छानविन गर्न जरुरी छ। तिनीहरूलाई एच.आई.भी. संक्रमित हुन पनि सक्छन तथा सम्भवत उनिहरुबाट यौन सन्तुष्टी लिनेहरुलाई पनि एच.आइ.भी. संक्रमित हुन सक्छ। यी पााच घरेलु महिला कामदारहरु स्पष्ट आ136नो स्पोन्सरको घरबाट किन भागे र सेक्सका वस्तुहरु भए? हुन सक्छ उनीहरुले त्यहाा मौखिक वा शारीरिक यातना पाएका थिए की भन्ने आशंका पनि छ। त्यसैले यस विषयमा स्पष्ट छानविन गरी सार्वजनिक गर्नु पर्छ। नत्र यी महिलाहरुलाई कुवेतको नियम मिचेको आरोपमा जेलमा हालिन्छ र उनिहरु खाली हात देश निकालाको सिकार हुन्छन्। जबसम्म यी महिलाहरु के कारण यस्तो पेशामा फसें भन्ने बारेमा यसको खोजी हुादैन र तबसम्म यस्तो कार्यको अन्त्य हुादैन। यहाा अर्को मुद्दा सामाजिक संजालको प्रयोग हो। कुवेतका सामाजिक संजाल प्रयोगकर्ता अधिकांश युवा(युवतीहरु हुन जसले यौन व्यापारको खतराबाट सजग हुादै लाग्ने रोगहरुबाट अनभिज्ञ छन्। अभिभावकको निर्देशानको कमिले युवा(युवतीहरु पुलकित हुादै यस्तो सम्बन्धमा तानिन सक्छन। रूढिवादी समाजमा सामाजिक संजालको प्रभाव विशाल छ र सावधानीपूर्वक सम्हाल्न सक्नुपर्छ। सामाजिक संजालहरुले पनि जागरूकताको लागि केही जिम्मेवारी लिनुपर्छ। आखिर, हामी एक धेरै सानो समाज हो। जबसम्म यि कारणहरु र सम्भाबनालाई सम्बन्धित सबैले मनन गर्दैनन, तब सम्म “सत्य कागत माथि कालो स्टिकर“ भने जस्तै धेरै पुरुष र महिलाहरुले अपराध र कानूनलाई भंग गरेको समचारहरु सुनी रहनु पर्नेछ।


