Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रेस काउन्सिलमा विशेष बहस

०६ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

प्रेस काउन्सिल नेपालले विशेष बहस कार्यक्रम गरेर बिखण्डनवादीमाथि सरकारले किन छुट दिएको भन्ने प्रश्न उठाएको छ। बहसका क्रममा सिके राउतभन्दा पनि सभासद अमेरेस कुमार सिंहका अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष पनि निकालिएको थियो। पूर्वराजदूत कमल कोइरालाले यहीकारण उग्र चिन्तनले जरा गाडेकोमा चिन्ता प्रकट गरेक ाछन्। प्रेस काउन्सिलका अनुसार वैशाख ५ गते आयोजित विशेष बहस कार्यक्रम पछिल्लो समयमा नेपाली मिडियामा आएका सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा प्रतिकूलताका खबरप्रति लक्षित हो।
परिवर्तित परिस्थितिमा  सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको संरक्षण र सम्वर्द्धनमा मिडियाको भूमिका कस्तो हुनुपर्छ भन्ने  अन्तरक्रियामा काउन्सिल अध्यक्ष वोर्ण वहादुर कार्कीले राज्यले केही गरेन भन्दा पनि आफुले राष्ट्रहितमा के योगदान दिन सकिन्छ? सोच्नुपर्ने वेला भएको र संक्रमणकालिन अवस्थामा राज्य कमजोर भएको वेला मिडिया सशक्त, सकारात्मक र प्रभावकारी रुपमा आउनुपर्ने भन्दै जिम्मेवारी वढेको धारणा अगाडि सारे। सहभागी थिए हिरण्यलाल श्रेष्ठ। उनले संविधानका प्रावधानलाई वहसको विषय वनाउनुपर्ने र स्थानीय तहसम्म लैजानु जरुरी छ भन्ने सुझाव दिदै मिडियाले एकीकरण र पुनःएकीकरणको इतिहासलाई वहसमा ल्याई एक्सन गर्न जरुरी छ। परस्पर सम्मान, परस्पर समानता, परस्पर साझेदारीमा आधारित प्रजातन्त्र आवश्यक रहेको बेलामा मधेशमा सीमाङ्कनका मुद्दा मधेसीले होइन बाह्य शक्तिले ल्याएको उनको निष्कर्ष छ।
डा.रामकृष्ण तिमिल्सेनाले स्वतन्त्रताको सीमा हुनुपर्छ, अखण्डताको विरुद्ध न चीन थियो, न भारत छ। अहिले नियम कानुन कसरी उल्लङ्धन गर्न सकिन्छ भन्नेमा प्रतिस्पर्धा भैरहेको, प्रजातन्त्र र राष्ट्रभन्दा कोही माथि हुन नसक्ने, संविधान नै नपढी संविधानको विरोध गर्नेको ओखती छैन भन्ने उनको भनाईको निथार थियो।
कार्यक्रममा बरिष्ठ पत्रकारहरु, विज्ञ विनोद ढुंगेल, बबिाता बस्नेत, प्राध्यापक लक्ष्मीधर गुरागाईले आचारसंहिताको पालना र क्षमता विकासबाट मिडियालाई सशक्त पार्न सकिने धारणा प्रस्तुत गरे। न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोेषण केसीले राजनीति ट्रयाकमा नआएसम्म सबै समस्या रहने भएपनि मिडियाकर्मीको क्षमता विकासमा जोड दिनु आवश्यकता रहेको औल्याए। खासगरी पत्रकारहरुले उग्र पहाडी मानसिकता, राज्य र नेताको प्रभावकारी अनुपस्थितिका कारण बिद्यमान संक्रमण लम्बिने खतरा रहेको धारणा व्यक्त गरेका थिए। सबैको जोड पत्रकार आचार संहिताको पालना गर्नुपर्नेमा पनि देखियो। कार्यक्रम सञ्चानकर्ता मुख्य अधिकृत झविन्द्र भुसालको भनाई पनि सबैले आचार संहितामा बस्नुपर्ने रहेको थियो।