Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सांसद एकनाथ ढकालद्वारा श्रीलंकाली प्रधानमन्त्री हरिणी अमरासुरियासंग भेट

२६ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

सांसद एकनाथ ढकालद्वारा श्रीलंकाली प्रधानमन्त्री हरिणी अमरासुरियासंग भेट

सभामुख डा जगत विक्रमारत्ने र प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासंग पनि भेट
श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो
काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नबनिर्बाचित प्रधानमन्त्री हरिणी अमरासुरियासंग बुधबार कोलम्बोमा भेट गरेका छन् ।  श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे । प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसंगको बिशेष मैत्रीपुर्ण सम्बन्धलाई जोड दिदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना संदेश पठाएका थिए । साथै सांसद ढकालले श्रीलंकाली नबनिर्बाचित सभामुख डा जगत विक्रमारत्ने संग संसद भवनमा शिष्टाचार भेट गरि नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट सभामुख डा जगत विक्रमारत्नेलाइ शुभकामना दिदै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणकोलागि समेत आग्रह गरे ।  त्यसै गरि सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासंग समेत भेट गरि अन्तरक्रिया गरेका थिए । पूर्व मन्त्रि समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् ।  ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र श्रीलंका बीच सन् १९५७ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो । 
Mo. 9851025231