Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

भारततिर हेर्दै पाक र बंगलादेश जान्छु

२४ बुधबार , पौष २०८११४ दिन अगाडि

भारततिर हेर्दै पाक र बंगलादेश जान्छु

‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्दै प्रधानमन्त्री केपी ओलीले भनेका छन्– चीनपछि पाकिस्तान जान्छु । उनले यही मेसोमा बंगलादेशका राजदूतसँग भेटवार्ता गरेका थिए, राजदूतलाई भने– बंगलादेशको भ्रमण गर्न चाहन्छु ।
भारततिर हेर्दै चीन पुगेका प्रम ओलीले पाकिस्तानी र बंगलादेशका राजदूतलाई भनि त दिएकी म भ्रमणमा आउँछु । जान चाहिं प्रम कुन देश जान्छन् । भारतले अझै पनि प्रम ओलीलाई भ्रमणको निम्तो दिएको छैन । भारतको नेपालनीति कठोर बन्दै गएको छ, नेपालको कूटनीति झन झन फितलो हुँदैछ । प्रम ओली र परराष्ट्रमन्त्री डा.आरजु राणाले गरेको चीनभ्रमण र भ्रमणका समयमा बीआरआईका १० आयोजना कार्यान्वयन गर्न सहमति गरेपछि भारत धेरै नै रिसाएको छ ।
बंगलादेशकी प्रधानमन्त्रीलाई जनताले लखेटेपछि भारत निर्वासनमा छिन् भने पािकस्तानमा पनि राजनीतिक स्थिरता कायम भइसकेको छैन । यद्यपि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तान भ्रमणको निम्ता दिइसकेको जानकारी प्रमका सहयोगी प्रकाश सिलवालले दिएका छन् । बंगलादेशबाट निम्तो आइसकेको छैन । भारतले सुन्नेगरी पाकिस्तान र बंगलादेश जान्छु भने पनि भारतले नसुनेझैं गरिरहेको छ । पूर्वराजाको लखनउ दिल्ली भ्रमण र त्यहाँ प्रम मोदीदेखि आरएसएसका प्रमुख, रक्षा र विदेश मन्त्रीको भेटवार्ताले नेपालमा कोर्ष करेक्शनको चर्चा बाक्लिएको छ । नेपाली राजनीतिमा प्रभावशाली रहेको भारत अर्थात उँट किस तरफ करबट लेगा उत्सुकता बढेको छ ।
एक त चीनसँग बीआरआईको सम्झौता, त्यसपछि भारतले मारेको र पाकिस्चानसँगको दुश्मनीपूर्ण व्यवहारका कारण ९ वर्षदेखि छायाँमा पारिएको सार्कलाई ब्यूँताउनका लागि अध्यक्ष राष्ट्रको नाताले पाकिस्तानको भ्रमणमा जाने प्रम ओलीको कथनले भारतलाई झन चिढाएको छ । चर्चा छ, पाकिस्तान भ्रमणको औपचारिक निम्तो आएपछि प्रम ओली राष्टियसभा अध्यक्ष नारायण दाहाल र प्रधानसेनापति अशोकराज सिग्देललाई पनि लैजाने सोचमा रहेको परराष्ट्रस्रोत बताउँछ ।