हालसालै नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । नेता रावलले पत्रकार सम्मेलनमार्फत आफ्नो आगामी योजना सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
पत्रकार सम्मेलन आज दिउँसो १ बजे कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ । एमालेको निर्णयपछि नेता रावल नयाँ पार्टी गठन गर्ने सम्भावनाबारे आन्तरिक परामर्शमा रहेकाे र पत्रकार सम्मेलन मार्फत रावलले भावि याेजनाकाे बारेमा प्रष्ट पार्ने बताइएकाे छ ।
जिवनकाे झण्डै पाँच दशक एमालेमा सक्रिय रहेका रावललाई पार्टीको सचिवालय बैठकले केही दिनअघि पार्टीबाट निष्कासन गरेको थियो । यसअघि २०७८ सालको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि रावल पार्टीभित्र निष्क्रियजस्तै बनेका थिए ।