Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेतृत्वको पक्षमा पोष्ट नगरे कारबाही

१५ सोमबार , पौष २०८१२ बर्ष अगाडि

नेतृत्वको पक्षमा पोष्ट नगरे कारबाही

सीके राउत नेतृत्वको जनमत पार्टीले ‘हरेक दिन एक पोष्ट’ कार्यक्रम ल्याएको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीका सम्पूर्ण पदाधिकारीले सामाजिक सञ्जालमा प्रत्येक दिन पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोष्ट गर्नुपर्ने नीति ल्याइएको हो ।

पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरुले सो पोष्ट गरे–नगरेको अनुगमन गर्ने पनि जनाइएको छ । साथै, मासिक रुपमा २० भन्दा बढी पोष्ट आएमा राम्रो, १०–२० आएमा औसत र तीनभन्दा कम पोष्ट आएमा निष्क्रिय मानिने छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘सो मूल्याङ्कन अन्य जिम्मेवारी तोक्दा प्रयोग गरिने छ । राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’

योसँगै पार्टीका पदाधिकारीहरुलाई पुस मसान्तसम्म आआफ्नो सामाजिक सञ्जालको आईडी सामाजिक सञ्जाल अनुगमन समितिमा जानकारी गराउन निर्देशन दिइएको छ । सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा पार्टीविरुद्ध अभिव्यक्ति दिने, लेख्ने, बोल्नेलाई विधानअनुसार कारबाही गर्ने चेतावनी समेत छ ।

‘पार्टीका कमीकमजोरी, पार्टीका पदाधिकारी, सभासद् वा मन्त्रीविरुद्ध कुनै कुरा भएमा गुनासो सुन्ने सम्बन्धित पदाधिकारीसमइा वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नुपर्दछ वा लिखित रुपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनुपर्दछ,’ निर्णयमा उल्लेख छ ।