राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले सम्पत्ति शुद्धिकरणको छानबिन रोकिन हुन्न सबै शासक, प्रशासक, नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । रास्वपाका अध्यक्ष रवि लामिछानेविरूद्ध सहकारी ठगी भन्दाभन्दै सम्पत्ति शुद्धिकरण समेतको फौजदारी मुद्दामा साँढे २ महिनादेखि थुनेर अनुसन्धान भइरहेको छ । संविधानविदहरूले समेत राज्य प्रतिषोधमा उत्रेको भनेर आलोचना गरिरहेका छन् । रवि लामिछानेको बयान सकिएको छ, अब अदालतले कुन प्रकारको आदेश गर्छ भन्ने सबैतिर उत्सुकता बढेको छ ।
रवि लामिछानेको मुद्दा युवा न्यायाधीशको बेञ्चमा परेको छ । युवा न्यायाधीश खुला प्रतिस्पर्धाबाट न्यायाधीश बनेका व्यक्ति हुन्, उनको पार्टी संलग्नता छैन । उनले के कस्तो आदेश गर्लान् त्यो प्रतिक्षाको विषय बनेको छ ।