शाश्वत शर्मा - कुनै चमत्कारिक राजनीतिक घटनाक्रम भएन भने वैशाखको पहिलोहप्ता \u000a(वैशाख ६ गते) मधेसी मोर्चाले काठमाडौं केन्द्रित अझ खासगरी सिंहदरवार केन्द्रित आन्दोलन सुरु गर्र्दैछ। गोप्य रुपमा छिमेकी मित्रराष्ट्र भारतको सहयोगमा ५ महिना लामो नाका केन्द्रित आन्दोलन सुरु गरेर आफ्नो मोर्चा र भारतसमेतलाई नेपालीहरुमाझ बदनाम गराएको मोर्चाले अव नाका केन्द्रित नभई सिंहदरवार केन्द्रित आन्दोलन सुरु गर्न लागेको हो। यस पटकको आन्दोलनमा जनजातिहरुलगायतका अरु असन्तुष्टहरुलाई पनि मिसाउने भएकाले यो अन्तिम धक्का कारगर शिद्ध हुने विश्वास मधेसी मोर्चाले गरेको छ।
त्यसो त, राजावादीहरुको एउटा संगठन राष्ट्रिय जनसंघर्ष मोर्चाले पनि राजधानी मै हिन्दू राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको माँग राख्दै लाठी जुलुस, धर्ना आदि आन्दोलनका कार्यक्रम सुरु गरिसकेको छ। यी राजावादीहरुको कार्यक्रमलाई लिएर मधेसी मोर्चाका केही साना नेताहरुको टाउको दुःखेको छ। राजावादीहरुको यो आन्दोलनका कार्यक्रमहरु हाम्रो विभेद विरुद्धको आन्दोलनलाई निस्फल बनाउनकै लागि यही समयमा सुरु गरिएको हो भन्ने भनाई ती दोस्रा तहका मधेसी मोर्चाका नेताहरुबाट आइरहेका छन्। तर तिनले बुझ्नु जरुरी के छ भने मधेसी मोर्चाको कथित आन्दोलनजस्तो विभेद समाप्त पार्ने भन्दै राष्ट्र टुक्य्राउने उद्देश्य बोकेको आन्दोलन होइन त्यो। हिन्दूवादी र राजावादीहरुको आन्दोलन त वास्तवमा हिमाल, पहाड र तराईका वीचमा अहिले, खासगरी २०६२–६३ सालपछि देखिएको असमानतालाई हटाउने उद्देश्यका साथ हुन लागेको हो। जसरी हिजोका दिनमा सम्पूर्ण नेपालीहरु एकसूत्रमा बाँधिकाएका थिए, हो त्यसरी नै विभाजित पारिएका नेपाली नेपाली फेरि एकपटक बाँध्नका लागि हुनलागेको आन्दोलन हो।
हुनसक्छ राजावादी, हिन्दूवादीहरुको यो आन्दोलन पनि सम्पूर्ण रुपले पवित्र नहोला तर मूल उद्देश्य मुलुक जोड्ने देखिन्छ अहिलेसम्म। त्यसकारण मधेसी मोर्चाका नेताहरुले हिन्दू, राजावादीहरुको आन्दोलनको रिस गनर्ेै पर्दैन। राजतन्त्र पुर्नस्थापना गरौं, हिन्दूराष्ट्र कायम गरौं, मुलुकका सम्पूर्ण विभेद, असमानता हट्दै जान्छ, त्यो आन्दोलनको नारा यही हो। यो नारामा एकता छ, बिभाजन र विखण्डन देखिदैन। एकथरि जानकारहरु मधेसी मोर्चाको आन्दोलनको नारामा विभेदका कुराहरु बोहक आफ्नै क्षेत्रको भारतद्वारा मिचिएको भूभागको फिर्ता हुनुपर्छ भन्ने माँग पनि राखिएको भए, अझ सुनमा सुगन्ध हुने थियो भनेर सुझाव दिदैछन्। सुन्लान् त मधेसी मोर्चाका नेताहरुले यो कुरा? यदि भूभाग नै नरहे के गर्ने? हुन पनि, जसरी नेपाली तर्फको जमिन मिचिदै गएको छ, त्यसले आउँदा दिनमा त्यो क्षेत्र नै भारतमा पर्न जाने देखिन्छ। तसर्थ आफूलाई मधेसको नेता बनाइ नै रहने हो भने, भारतीय अतिक्रमणबाट नेपाली भूभाग जोगाउन जरुरी छ। होइन, मुख्य उद्देश्य नै नेपालको तराई मधेसलाई भारतमा गाभ्ने बिखण्डनवादी सोच हो भने मधेसी मोर्चालाई राष्ट्रघाती नै मान्नुपर्छ, देशभक्त भन्नै मिल्दैन।
मधेसी मोर्चाको मुख्य उद्देश्य के हो? खाली सिंहदरवारसँग मात्र पौंठेजोरी खेलिरहने र भारतीय हस्तक्षेप र अतिक्रमणबारे चुँइक्क नबोल्ने हो कि? आफ्नो भूभाग, भारतीय अतिक्रमणले अन्यायमा पारिएको मधेसी क्षेत्र बचाउने कि नबचाउने? भारतले सीमा र दशगजाक्षेत्रमा अन्तर्राष्ट्रिय कानुनसमेत मिचेर आपत्तिजनक क्रियाकलाप बढाइरहेको छ, अतिक्रमण गरिरहेको छ, भारततिर बाँध बनाएर नेपाली भूभाग डुबानमा पारेको मात्र होइन, सीमामा राजमार्ग नै बनाइसक्यो। तैपनि मधेसी मोर्चा र तिनका कार्यकर्ताहरु त्यो देख्न, हेर्न र त्यसबारे बोल्न चाहदैनन्। पहाडीयाहरु आफ्नो क्षेत्रमा बसाईसराई गरेर आए भने विरोधमा एकस्वरले चिच्याउने मेधसी मोर्चालाई आफ्नै भूभागलाई भारतले सुरुक सुरुक निलिरहेकोमा कुनै चिन्ता देखिछैन। हो, यस्तै कुराहरुले मधेसी मोर्चाका नेता कार्यकर्ताहरुबारे संशय बढ्न जान्छ, पहाडीयाहरुको। त, आन्दोलनको यो मौकामा यो माँग पनि राखोस् मधेसी मोर्चाले। तव पहाडीयाहरुको सद्भाव, समर्थन र सहयोग निसर्त मिल्नसक्छ। राष्ट्रिय अखण्डताबारेमा नेपालका हिमाल, पहाड, तराई कतैका बासिन्दावीच पनि भिन्न मत हुनुहुन्न। एकमत रहनुपर्छ। यही हो नेपाली एकता भनेको। नेपाली एकतामा नेपालको शक्ति निर्भर छ।


