Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

नेकपा एमालेबाट भीम रावल निस्कासित

११ बिहिबार , पौष २०८१२३ दिन अगाडि

नेकपा एमालेबाट भीम रावल निस्कासित

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी सचिवालय बैठकले पार्टी हितविपरित सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा स्पष्टिकरण सोधिएकाेमा स्पष्टिकरण नदिएकाे भन्दै पार्टीबाट निस्कासन गरेको हाे ।  

बुधबार बसेको सचिवालय बैठकले नेता रावललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको बताइएकाे छ । रावललाई पार्टी हित विपरीतका कार्य गरेको भन्दै एमालेले साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियाे ।

पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएकाे जग्गाकाे विषयमा असहमति जनाएपछि पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको हो । त्यसैगरि गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्ने स्थायी समिति सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।