Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

को निरङ्कूश ? राजा कि नेताहरू ?

०९ मंगलबार , पौष २०८१४ महिना अगाडि

को निरङ्कूश ? राजा कि नेताहरू ?

काठमाडौं । राजसंस्थामाथि जेजस्तो आरोप लगाइयो अनि अवैध तरिकाले हटाइयो, ती आरोप पुष्टि गर्ने दायित्व ठूला दलहरूको थियो । हिन्दुराष्ट्रलाई किन धर्मनिरपेक्ष घोषणा गरियो, यसको जवाफ पनि यिनैले दिनुपर्ने हो । अब त अग्रगमनकारी संविधान फेल भएको छ । संशोधनको बहस चलेको छ ।
संविधानको टालटुले चालाले दलहरूको राजनीतिक अपराधिकरणले पारेको भ्वाङ् सहज रूपमा टालिने सम्भाबना देखिन्न । व्यवस्था परिवर्तनको जनमाग बढेको छ ।
संघीयता कुन जनताले मागेका थिए ? कति जनबल र कुन जनादेशले संघीयता लागू गरियो ? संघीयता देश र जनताका लागि सेताहात्तीसरह भयो, दुई आवधिक चुनाव भइसक्दा पनि संसद, संघीयता, सुशासनमा कुनै उपलब्धि हासिल हुनसकेन । संविधान असफल भयो, पद्धति फेल भइसक्यो । दलहरू भ्रम छर्दैछन्, अझै फुलबुट्टा भरेर समृद्ध नेपाल, सुखी नेपालीको सुगारटान गर्नुले असत्य सत्य सावित हुन्छ र ? जनतामा यो पद्धति, यी नेताप्रति विश्वास समाप्त भइसकेको अवस्था छ ।
हिजोको संविधान, राजतन्त्र, हिन्दुराष्ट्र समृद्धिको बाधक थियो भने यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले के दियो ? योपद्धि जनजीवनमा किन घुलमिल हुनसकेन ? जनयुद्ध, जनआन्दोलन यस्तै भ्रष्टाचार, नैतिकहीनता र सिद्धान्तहीनताका लागि भएको थियो ? सवाल अनेक छन्, जवाफ नेतृत्वले दिन सकेको छैन । अग्रगमनकारी भनिएको लोकतन्त्र निरंकूश कि किनारा लगाएको राजसंस्था निरङ्कूश ?
पूर्वराजा जता जान्छन्, उतै जनताले जयजयकार गर्छन् ? यी नेता र यो व्यवस्थाको जयकार कतै हुँदैन । विश्लेषक भन्छन्– यो समयले उठाएको प्रश्न हो ।