हामी सच्चा माओवादी हौं, अरु कुनै पनि माओवादीको हुनै अस्तित्व छैन भन्दै विप्लवले राजधानीमै अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन्। कीर्तिपुरमा ६ महिना अघि नै जनसरकार गठन गरिसकेका विप्लवले राजधानीमा संगठन बिस्तार सुरु गर्दै जनता र जनयुद्धको प्रतिनिधित्व प्रभावकारी रुपमा गर्ने निर्णय सुनाएका छन्। छिटै विप्लव माओवादीले आफ्नो कार्यक्रम सार्वजनिक गरेर जनसरकारको माध्यमबाट गरिब, मजदुर, बर्गीय लडाइँ र देशघातक तत्वहरुसँग जुधेर तहल्का मच्चाउने योजना बनाइरहेको स्रोतले बताएको छ। प्रचण्ड माओवादी मिल्नुपर्छ भन्दैछन्, विप्लव बिध्वंशको बारुद भर्दैछन्। अव के होला?


