नेपालले भारतका लागि राजदूत नियुक्त गरेका अर्थशास्त्री, कूटनीतिज्ञ शंकर शर्मालाई भारतले ३ महिनामा पनि स्वीकार गरेर एग्रिमो पठाएन । किन ? केही वर्षअघि माओवादी नेतालाई भारतले अस्वीकार गरेको थियो । यस अघिका राजद्यूत निलाम्बर आचार्यले घुमेर र आराम गरेर कार्यकाल पूरा गरेका थिए । शंकर शर्मालाई महत्व नदिनु भनेको नेपालप्रति भारतको अर्को ज्यादति हो । भारतले नेपाललाई महत्व दिन छाडेको संकेत पनि हो । त्यसै पनि विश्वमा नेपालको छवि धमिलिदो छ । भर्खर चीन भ्रमणमा गएर फर्केका प्रम केपी ओलीप्रति नकारात्मक धारणा पनि हुनसक्छ । भारतको सन्देशलाई नेपालले समयमै बुझ्नु बेश हुनेछ ।