नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउन स्थायी कमिटी बैठक बस्दै छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउन दिउँसो १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।
नेकपा एकीकृत समाजवादीको आज दिउँसोको बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने बताइएको छ । हिँजो शनिबार बसेको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो ।
आज आइतबार पनि छलफल चल्ने र कार्यविभाजन टुंगो लगाउने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । पार्टीको नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आइतवारै सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।