Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

झापामा विकासको मूल फुट्यो

२९ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

ओली सरकारको कार्यकालमा केही भयो भने झापामा विकासको मूल फुटेको छ। झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा विकास योजनाको ओइरो लागेको छ। आकासे पुल, भ्युटावर, बुद्ध मूर्ति, औद्योगिक पार्क, प्रशासनिक भवन, कमलाखोलालगायतमा पक्की पुल आदि दर्जन योजना सुरु भइसकेका छन् भने दर्जन योजना पाइपलाइनमा राखिएका छन्।

देशको प्रधानमन्त्री भएका बेलामा पनि आफ्नो गृहजिल्लाको विकास गर्न नसके कहिले गर्ने? भूकम्पपीडित मरिरहुन्, राजनीतिक दलहरु कराइरहुन्, कुशासन भइरहोस्, कालोबजार चलिरहोस्, ओलीलाई गृहजिल्लाको महत्व राम्ररी थाहा छ, त्यसैमा लागेका छन्। केपी ओलीले योजना आयोगका उपाध्यक्षलाई निर्देशन पनि दिएको खबर छ कि झापालाई कसरी पर्यटकीय जिल्ला बनाउन सकिन्छ, त्यसतिर सोचौं। झापामा विकासको लहर छ, मध्यपश्चिम खडेरीले आक्रान्त भइरहेको छ। देशका प्रधानमन्त्रीलाई पद बचाउने र झापाको विकास हेर्दैमा फुर्सद छैन।